मन्त्री तिमिल्सिनाद्वारा बर्दिया उद्योग बाणिज्य संघ राजापुरका नवनिर्वाचित अध्यक्ष रेग्मीलाई बधाई
केशव कोईराला, २२ असार, राजापुर (बर्दिया) । बर्दिया उद्योग वाणिज्य संघ राजापुरका नवनिर्वाचित अध्यक्ष कृष्ण कुमार रेग्मीलाई लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले खादा ओढाई सम्मानगर्दै बधाई समेत दिनु भएको छ । मन्त्री तिमिल्सिनाले अध्यक्ष रेग्मीलाई तीन वर्षे कार्यकालको सफलताको शुभकामना दिनु भयो ।
मन्त्री तिमिल्सिनाले व्यवसायी वर्गको हितमा निष्ठापूर्वक कार्य गर्न सुझाव दिँदै संघ र सरकारबीच सहकार्यको खाँचो औँल्याउनुभयो । स्थानीय उद्योग व्यवसायको प्रवद्र्धन र रोजगारी सिर्जना गर्न संघले महत्वपूर्ण भूमिका खेल्न सक्नेमा जोड दिनु भएको छ ।
संघको नेतृत्वले व्यवसायिक हितका सवालमा स्पष्ट दृष्टिकोण र दीर्घकालीन योजना बनाउनुपर्छ । अध्यक्ष रेग्मीले व्यवसायीको विश्वासलाई सार्थक बनाउने प्रतिबद्धता जनाउँदै सबैको साथ र सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो ।
२४ °C काठमाडौं
Facebook Comments