• २ फागुन २०८२, शनिवार
  • १० °C काठमाडौं
मधुवनमा वडा स्तरिय फुटबल प्रतियोगीता हुँदै 

विजय सुनार, ७ साउन, बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा वडा स्तरिय फुटबल प्रतियोगीता बुधबार देखी शुरु हुने भएको छ । श्री त्रिशक्ति युवा क्लब मधुवन ५ शक्तिपुरको आयोजनामा नेपालीहरुको चाड जनै पुर्णिमाको अवसरमा बुधवार देखी मधुवन नगरपालिका वडा नम्बर ५ गाँउ नं १० को प्राङ्गगणमा फुटबल प्रतियोगीता हुने  क्लबका अध्यक्ष युवराज खत्रिले जानकारी दिनु भयो । 

नक आउट चरणमा हुने खेलका लागी १६ जना खेलाडी १÷१ जना टिम कोच र व्यवस्थापक गरि १८ जनाको सहभागीता रहने जनाइएको छ । प्रतियोगीतमा प्रथम स्थान हासिल गर्ने बिजेता टिमलाई ३५ हजार, दोस्रो स्थानलाई २५ हजार साथमा ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिने अध्यक्ष खत्रिले जानकारी दिनु भएको छ । टिम सहभागी गराउने साउन ६ गते सम्म समयसीमा तोकिएको थियो । खेल प्रवेश शुल्क ३ हजार ५५ रुपैया लिईएको छ ।  

खेल अवधिभरको नियमहरु अयोजकले सार्वजनि गरेको छ भने अन्य प्रशासनिक नियमहरु आयोजक तथा एन्फाको नियम अनुसार हुने जनाइएको छ । हाल सम्म १५ वटा टिम दर्ता भई सकेका छन  । प्रतियोगीता बुधवार दिउँसो २ बजे देखी संचालन हुने आयोजक श्री त्रिशक्ति युवा क्लबका अध्यक्ष युवराज खत्रिले जानकारी दिनुभयो । प्रतियोगीता अवधिभर संचालन हुने स्थानम सम्पुर्ण खेलप्रेमी दर्शक तथा स्थानियलाई उपस्थित भई खेलको शोभा बढाइदिन समेत अयोजकले अपिल गरेको छ ।

सम्बन्धित समाचार

Facebook Comments