राजापुरमा पशुजन्य तथा कृषि उत्पादन, प्रशोधन र बजारीकरण आरम्भ
केशव कोईराला, १४ साउन, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगरपालिकामा आर्थिक वर्ष २०८२/०८३ को पौष महिनाबाट शुरु हुने गरी चार वर्षका लागि बङ्गुरको मासु, कृषि बाली तथा दूध उत्पादन, प्रशोधन र बजारीकरणलाई प्राथमिकता दिँदै कार्यक्रम शुरु भएको छ । राजापुर नगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी कोईका बीच सहकार्यमा स्थानीय कृषकहरूको आम्दानी वृद्धि गर्ने उद्देश्यले कार्यक्रम शुरु गरिएको छ ।
कार्यक्रमले पशुपालन, बाली उत्पादन तथा दुग्ध व्यवसायलाई आधुनिक र व्यावसायिक बनाउँदै कृषिमा नवप्रविधिको प्रयोगमार्फत उत्पादन र बजारीकरणलाई टेवा र्पुयाउने अपेक्षा गरिएको छ । कार्यक्रमको प्रारम्भिक बैठकमा राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारु, निमित्त प्रमुख प्रशासकीय अधिकृत बसन्त मल्ल, प्रशासकिय अधिकृत आनन्द जैशी तथा कोइकाका प्रतिनिधिहरूको उपस्थिति थियो ।
नगरपालिकाले कार्यक्रममार्फत कृषकहरूलाई तालिम, आवश्यक उपकरण, पशुचौपाया वितरण तथा प्रशोधन केन्द्र स्थापना जस्ता विविध गतिविधि सञ्चालन गर्ने जनाएको छ । स्थानीय सरकार र अन्तर्राष्ट्रिय सहयोगी निकाय बीचको सहकार्यबाट राजापुर नगरभित्र कृषिमा आधारित आर्थिक गतिविधि विस्तार भई समग्र ग्रामीण अर्थतन्त्र सुदृढ हुने विश्वास गरिएको छ ।
२६ °C काठमाडौं
Facebook Comments