नागरिकको शिर निहुरिने काम गर्ने छैन : मन्त्री तिमिल्सिना
विष्णु अधिकारी, १७ साउन, बर्दिया । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले नागरिकको शिर उचो राख्ने गरि आफुले काम गर्नेे बताउनु भएको छ । बढैयाताल गाउँपालिका पशुपतिबजारमा रहेको बर्दिया अपाङ्ग पुनस्र्थापना केन्द्रमा अपाङ्गता भएका ब्यक्तिहरुका लागि निःशुल्क सहयोगी सामाग्री वितरण कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
समाजमा अरुको सहारा विना बाच्न गाहे हुने अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोगि सामाग्री वितरण गर्न पाउँदा ठुलो पुन्यको काम गरेको अनुभुति भइरहेकोभन्दै खुशी ब्यक्त गर्नु भयो । बर्दिया जिल्लाका अति अशक्त अपाङ्गता भएका ३१ जना ब्यक्तिहरुलाई उनीहरुको जीवन यापन सहज तुल्याउन सहयोगी सामाग्री वितरण गरेको भएता पनि कार्यक्रमले आफ्नो कार्यकाल भरि निरन्तरता पाइरहने मन्त्री तिमिल्सिनाले विश्वास दिलाउनु भएको छ ।
अशक्त तथा आयआर्जन न्यून भएका नागरिकका सन्ततीहरुलाई सहज रुपमा सामुदायिक विद्यालय जाने वातावरण बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको सामाग्री वितरण कार्यक्रममा उहाँले जानकारी दिनु भयो । बर्दिया जिल्लाका ३१ जना शारिरीक अपाङ्गता, दृष्टिविहिन र ३ जना बालबालिकाहरुलाई अध्ययन गर्न सजिलोका लागि ल्यापटप प्रदान गरिएको थियो । कार्यक्रममा ह्वीलचियर, वाकर, सेतो छडी, बैशाखी लगाएतका सहयोगी सामाग्री वितरण गरिएको थियो ।
बर्दिया अपाङ्ग पुर्नस्थापना केन्द्रका अध्यक्ष नेत्र प्रसाद सापकोटाले फरक क्षमता भएका नागरिकहरुको समृद्धिका लागि समाजको सबै तह र तप्का मिलेर अघि बढ्नु पर्नेमा जोड दिनु भयो । सामाजिक विकास डिभिजन कार्यालय बाँकेका प्रमुख उद्धव श्रेष्ठ, बढैयाताल गाउँपालिका वडा नं. ९ का वडाअध्यक्ष विर बहादुर थारुले समाजमा रहेका फरक क्षमताका ब्यक्तिहरुका लागि राज्यबाट पहल कदमी भैरहेकोमा खुशी ब्यक्त गर्नु भएको छ ।
सहयोग सामाग्री पाएका नागरिकहरुले आफुहरुलाई सरकारले सहयोगी सामाग्री दिएकोमा खुशी ब्यक्तगर्दै केहि सहजता भएको बताएका छन् । कार्यक्रम लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा अपाङ्ग सशक्तिकरण एवं संचार केन्द्र (डेक) नेपाल बाँकेको आयोजना र बर्दिया अपाङ्ग पुर्नस्थापना केन्द्र बर्दियाको समन्वयमा भएको थियो ।
१५ °C काठमाडौं
Facebook Comments