महिनावारी हुँदा प्रयोग गरिने सेनेटरि प्याड बन्न शुरु
मुरली गोडिया, २० साउन, गुलरिया (बर्दिया) । बर्दियाको गुलरियामा महिनावारी भएको बेलामा प्रयोग हुने सेनेटरी प्याड पहिलो पटक बनाउन शुरु भएको छ । लुम्बिनी प्रदेशकी सांसद मालती सोडारीको संसद विकास कोषबाट विनियोजित ५ लाख अनुदानबाट घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा सेनेटरी प्याड बनाउन शुरु गरिएको हो ।
सुनौलो महिला विकास बहुउद्धेशिय सहकारी संस्थामा आवद्ध २५ जना किशोरीहरुले ५ दिनको तालिम लिए पश्चात गुलरियामा प्याड तयार गर्न थालेका छन् । स्थानिय उत्पादन केराको थामको रेसा निकाली सुकेको रेसाबाट ४ प्रकारका कपडा, अन्य कपडा प्रयोग गरि चाहिने आकारमा काटेर मेसिनमा सिलाई गरि प्याड बनाउन थालेको गुलरिया नगरपालिका वडा नम्बर ९ की जमुना कुमारी पासीले बताउनु भयो । किशोरीले बनाउन लागेको सेनेटरि प्याडको प्रयोग ग्रामिण भेगका सिमान्तकृत, लोपन्मुख तथा गरिब परिवारका लागी निक्कै सहज हुने गुलरिया ३ कि किशोरी मोनिका कुशबधियाले बताउनु भयो ।
स्थानिय स्तरमा उत्पादन हुने सेनेटरि प्याड बजारको प्याड भन्दा भरपर्दो संगै स्वास्थ्यका लागी प्रभावकारी रहेको मोनिका कुशबधियाले बताउनु भयो । निर्माण गरेको प्याड एक पटक प्रयोग गरे पश्चात धोएर घाममा सुकाए पुन प्रयोग गर्न सकिने र यो करिब दुइ वर्ष सम्म टिक्ने उहाँको भनाई छ । सुनौलो महिला विकास बहुउद्धेश्यीय सहकारी संस्थाले विगत देखी किशोरी मैत्री विभिन्न शिक्षा, आयआर्जन र उनिहरुको नेतृत्व विकासका लागी कामगर्दै आइरहेको छ ।
विगतमा गुलरियाका विभिन्न वडाहरुमा विद्यालय विमुख भएका बालिका तथा किशोरीहरुको खोजीगर्दै उनिहरुका लागी रुपान्तरण कक्षा संचालन गरिएको थियो । हाल ती किशोरुहरुले तामिल प्राप्त गरि स्थानिय स्तरमै सेनेटरी प्याड बनाउन लागेको सहकारी सस्थाकी अध्यक्ष इन्दिरा सुवेदीले बताउनु भयो । सेनेटरि प्याडले किशोरी महिलाहरुको शारिरिक पिडा न्युन गर्नुको साथै कालान्तरमा अािर्थक भार कम गर्ने दाबी गर्नु भयो । सिमान्तकृत, लोपोन्मुख जातीले यहि तालिम बाट भोलीका दिनमा आर्थिक आयआर्जन गर्ने र आर्थिक परनिर्भरता कम हुने अध्यक्ष सुवेदीले प्रष्ट पार्नु भयो ।
२६ °C काठमाडौं
Facebook Comments