• २२ असोज २०८२, बुधवार
  • १९ °C काठमाडौं
वाईसीएलद्वारा राजापुरको कर्णाली नदी स्थित दलै घाटमा अस्थायी जैविक तटबन्ध निर्माणमा सहयोग

केशव कोईराला, २ भदौ, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगरपालिका अन्तर्गत पर्ने दलै घाटमा कर्णाली नदीबाट हरेक वर्ष हुने बाढीजन्य क्षति न्युनिकरण गर्न योङ कम्युनिष्ट लिग (बाइसीएल) ले अस्थायी जैविक तटबन्ध निर्माणमा सहयोग गरेको छ । स्थानीयवासीको सक्रिय सहभागिता र वाईसीएलको नेतृत्वमा जैविक तटबन्ध गरिएको छ । 

अस्थायी जैविक तटबन्धले कर्णाली नदीको बढ्दो बहाव र कटान नियन्त्रणमा महत्वपूर्ण योगदान र्पुयाउने विश्वास गरिएको वाइसिएलका राजापुर इन्चार्ज राकेश दहितले बताउनुभयो । तटबन्ध निर्माणमा बाँस, बालुवा, डोको, झारपात जस्ता स्थानीय स्रोत साधन प्रयोग गरिएको छ । जनश्रमदानमा माओवादी नगर अध्यक्ष चिन्तामणि आचार्य, वडा अध्यक्ष अशराज न्यौपाने राजकिरण थारु बिदुर पोख्रेल लगाएत सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा वडाअध्यक्ष, स्थानीय बासिन्दा, युवा स्वयंसेवक लगायतको उपस्थिति रहेको थियो । तटबन्ध निर्माणसंगै समुदायमा विपद् व्यवस्थापन, जलवायु परिवर्तनको प्रभाव र दीगो समाधानका उपायहरूबारे जनचेतना फैलाउने कार्य पनि गरिएको छ । अस्थायी जैविक तटबन्ध तत्कालको लागि प्रभावकारी हुने भए तापनि दीर्घकालीन समाधानको लागि सरकारी तहबाट ठोस योजना र संरचनागत सुधार आवश्यक रहेको स्थानीय सरोकारवालाहरूको भनाइ छ ।

सम्बन्धित समाचार

Facebook Comments