• २२ असोज २०८२, बुधवार
  • १९ °C काठमाडौं
राष्ट्रिय कृषी आधुनिकिकरण कार्यक्रम बाँके-बर्दियाको बजेट ८ करोड ३४ लाख 

मुरली गोडिया, २ भदौ, बर्दिया । बर्दियामा रहेको राष्ट्रिय कृषी आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइले बार्षिक निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । आर्थिक बर्ष ०८२/०८३ को कार्यक्रम सार्वजनिकगर्दै बर्दिया इकाई प्रमख तथा वरिष्ठ कृषी अधिकृत विरेन्द्रराज पराजुलीले चालु आर्थिक वर्ष भित्र सुपरजोन, जोन तथा पकेट क्षेत्रहरुको लागी ८ करोड ३४ लाख बराबरको कार्यक्रम तथा बजेट ब्यवस्थापन गरिएको सार्वजनिक गर्नु भयो । 

धान सुपरजोन अन्र्तगत ८ शिर्षकका कार्यक्रमहरु, माछा जोन अन्र्तगत ९ शिर्षकका कार्यक्रम, केरा जोनका लागी ६ शिर्षकका कार्यक्रम गरिने भएको छ भने गाई भैंसी जोनका लागी विभिन्न ७ शिर्षकका कार्यक्रम र बजेट बारे प्रष्ट पार्नुभयो । बाँके र बर्दिया जिल्लामा संचालित यो कार्यक्रमका लागी नेपाल सरकारले कृषी क्षेत्रको विकास र कृषकको उत्थान गर्ने गरि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । कृषीमा आधारित अर्थतन्त्रबाट कृषीजन्य उद्योगमा रुपान्तरित आधुनिक व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषी क्षेत्रको विकास गर्ने नेपाल सरकारले सोंच राखेको प्रमुख पराजुलीले जानकारी दिनु भयो । 

कृषी उपज मार्फत खाद्य पोषण सुरक्षा सुनिश्चित गर्दै कृषी औधोगीकीकरण उन्मुख दिगो आर्थिक अवसरहरु सृजना गरि राष्ट्रको समग्र विकासमा टेवा पु¥याउने उद्देश्य सरकारले राखेको प्रष्ट पार्नु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सरकारले ल्याएका योजनामा कृषकहरु सहभागी भई कृषी क्षेत्रलाई थप उचाईमा पु्¥याउनु पर्ने आवश्यकता रहेको बताउनु भयो । अर्थतन्त्रको प्रमुख आधार कृषी भएको बताउँदै नेपालमा रोजगारीको सृजना गर्न समेत कृषी क्षेत्रले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । बर्दियामा रहेको पकेट र ब्लक क्षेत्रहरुको योजना अनुसार प्रगति नभएको प्रति चिन्ता व्यक्त गरिएको थियो । 

यसैबीच उक्त क्षेत्रको विकासका लागी सहभागी कृषीक्षेत्रका जानकार एवं प्राविधिक मार्फत राय, सुझाव तथा अनुभव समेत संकलन गरिएको थियो । जिल्ला समन्वय समिती बर्दियाका प्रमुख सुर्य बहादुर विष्टले कृषी क्षेत्रमा आत्मनिर्भर हुन सक्ने प्रबल संभावनाका बीच थुप्रै चुनौती रहेको औंल्याउनु भयो । पछिल्लो समय कृषकले खेतमा हाल्न मलका अभाव झेली रहेकोले सरकार तथा कृषकले अन्य विकल्प तर्फ सोच्न आवश्यक रहेको धारणा राख्नु भयो । 

कृषी क्षेत्रमा देखिएको समस्या समाधानका लागी सवैले एक भई निकास निकाल्न पर्नेमा उहाँको जोड थियो । निती तथा कार्यक्रम कार्यन्वयन समन्वय बैठक तथा आव ०८२/०८३ को कार्यक्रम सार्वजनिक कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख, विभिन्न पालिकाका कृषी, पशु विकास शाखाका प्रमुख एवं प्रतिनिधी, विभिन्न ब्लक पकेट तथा जोन क्षेत्रका प्रमुख प्रतिनिधी सहितको सहभागीता थियो ।

सम्बन्धित समाचार

Facebook Comments