• २२ असोज २०८२, बुधवार
  • १९ °C काठमाडौं
जनमत पार्टी गुलरिया नगर युवा संघको अध्यक्षमा बृजेश राय र्निबिरोध चयन

चुरेकुञ्ज, ६ भदौ, गुलरिया (बर्दिया) । जनमत पार्टीको गुलरिया नगर युवा संघको अध्यक्षमा बृजेश राय र्निबिरोध चयन हुनुभएको छ । शुक्रबार सम्पन्न अधिवेशनले अध्यक्ष रायसहित २१ सदस्यीय समिति र्निबिरोध चयन गरेको छ ।

संघको उपाध्यक्षमा रुचि मुराउ, सुनिल राजपूत र गुलशन कुमार राजपूत चयन हुनुभएको छ । सचिवमा धर्मेन्द्र गोडीया, सहसचिव नरेन्द्र यादव, कोषाध्यक्ष लक्ष्मण यादव चयन हुनु भएको जनपार्टी बर्दिया जिल्ला उपाध्यक्ष सुनिल यादवले जानकारी दिनुभयो ।

सदस्यहरुमा मनोज गोडिया, भगौती यादव, शिव कुमार यादव, सुनिल गोडिया, समिर मुराउ, प्रवेश लोध, अर्जुन गुप्ता, अर्जुन यादव, हेमराज लोध, निरज कुमार लोध, दिवाकर यादव, रोहित लोध, विकास यादव र आनन्द कुमार लोध चयन हुनु भएको छ । 

युवा संघ जिल्ला समितिका अध्यक्ष मनोज कुमार चौहानको अध्यक्षतामा भएको कार्र्यक्रममा प्रमुख अतिथी जनमत पार्टीका बर्दिया अध्यक्ष राजेश कुमार यादवले सम्बोधन गर्नु भएको थियो । त्यस्तै पार्टीले संगठन विस्तारलाई तिव्रता दिएको छ । शुक्रवार बढैयातालमा संगठन विस्तार गरिएको उपाध्यक्ष यादवले जानकारी दिनुभयो ।

 

सम्बन्धित समाचार

Facebook Comments