• २२ असोज २०८२, बुधवार
  • १९ °C काठमाडौं
तीजका अवसरमा गुलरियामा सांस्कृतिक कार्यक्रम हुँदै

मुरली गोडिया, ७ भदौ, गुलरिया (बर्दिया) । बर्दियाको सदरमुकाम गुलरियामा आईतबार हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा तीज मिलन तथा वृहत सांस्कृतिक कार्यक्रम हुँदैछ । फुलबारी युवा क्लब गुलरिया बर्दियाको आयोजना तथा न्यायिक समिति गुलरियाको समन्वयमा जिल्ला समन्वय समिति बर्दियाको गेट अगाडी हुने भएको छ । 

कार्याक्रममा मुख्य आर्कषकको रुपमा गायक तथा सर्जक शिव हमालको जोडदार प्रस्तुति रहने आयोजक क्बलका अध्यक्ष आदर्श शर्माले जानकारी दिए । साथै मोडलहरु लक्ष्मी चौधरी, भावना चौधरीको धमाकेदार प्रस्तुति रहने छ । एक दिने तीज मिलन तथा वृहत सांस्कृतिक कार्यक्रमको संचालन उद्घोषक तथा मोडल प्रेरणा गिरीले गर्नेछिन । कार्यक्रमका लागी आवश्यक सम्पुर्ण तयारी गरिएको क्लबका अध्यक्ष शर्माले बताए । 

पछिल्लो समय तीजका कार्यक्रमहरुमा केही विकृतीहरु समेत भित्रिएको बताउँदै यस कार्यक्रममा मौलिक तथा आधुनिक सांस्कृतिक प्रस्तुति मार्फत आम दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने र कला संस्कृतिको संरक्षण गर्ने उद्धेश्य रहेको छ । कार्यक्रमका लागी सम्पुर्ण तयारी भइसकेको भन्दै सम्पुर्ण गुलरिया नगरबासी लगायत अन्य क्षेत्रका महानुभावहरुलाई समेत कार्यक्रममा उपस्थित भई मनोञ्जन लिई कार्यक्रमको शोभा बढाइ हौसला प्रदान गर्न अध्यक्ष शर्माले आग्रह समते गरेका छन । 

कार्यक्रमको फुलबारी युवा क्लब गुलरिया आयोजक र बाँके बागेश्वरी क्याम्पस आदर्शनगर नेपालगंज, बाँके मुख्य प्रायोजक रहेको छ । कार्यक्रममा साझेदारी मिडियाका रुपमा माउन्टेन समाचार दैनिक रहेको बताइएको छ । कार्यक्रम दिउँसो ३ बजेदेखि शुरु हुने अध्यक्ष शर्माले जानकारी दिए ।

सम्बन्धित समाचार

Facebook Comments