नेपाल फार्मेसी संघ बर्दियाको अध्यक्षमा पौडेलसहित १३ सदस्यीय कार्यसमिति र्निबिरोध चयन
हरी गुरुङ, १५ भदौ, बर्दिया । नेपाल फार्मेसी संघ बर्दियाको अध्यक्षमा कृष्ण प्रसाद पौडेल र्निविरोध चयन हुनु भएको छ । शनिवार सम्पन्न पहिलो जिल्ला अधिवेशनले पौडेलसहित १३ सदस्यीय कार्यसमिति र्निबिरोध चयन गरेको छ ।
अधिवेशनले समितिको उपाध्यक्षमा सुजन शर्मा र विशाल अधिकारी, महासचिव विनोद कुमार देमन देउरा, सचिव खेमराज खनाल, कोषाध्यक्ष सरस्वती चौधरी, र सहकोषाध्यक्षमा सुस्मिता सिटौलालाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा मनिषा न्यौपाने, विपना न्यौपाने, नवीन रेग्मी, सुदिप चौधरी, प्रकाश चौधरी र हिक्मत वली चयन हुनु भएको छ ।
नेपाल फार्मेसी संघ लुम्विनी प्रदेश अध्यक्ष खेमराज तिवारीको अध्यक्षता तथा नेपाल फार्मेसी संघका केन्द्रिय सचिव ध्रुव कुमार शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो साधारण सभा तथा अधिवेशनमा औषधी व्यवस्था विभाग नेपालगंज बाँकेका फार्मेसी अधिकृत अशोक कुमार गुप्ताको सहभागिता थियो । साधारण सभाले आयब्यय प्रस्तुतगर्दै अनुमोदन गरेको छ ।
Facebook Comments