• २२ असोज २०८२, बुधवार
  • १९ °C काठमाडौं
महिला उद्यमी संघ नेपाल बर्दियाको अध्यक्षमा उपमा रेग्मीसहित १३ सदस्यीय कार्यसमिति र्निबिरोध चयन

चुरेकुञ्ज, १५ भदौ, बर्दिया । महिला उद्यमी संघ नेपाल गुलरिया बर्दियाको अध्यक्षमा उपमा रेग्मी र्निबिरोध चयन हुनु भएको छ । शनिवार सम्पन्न तेस्रो साधारण सभा तथा अधिवेशनले रेग्मीसहित १३ सदस्यीय कार्यसमिति र्निबिरोध चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा संगिता थापा, द्वितिय उपाध्यक्ष राधिका पौडेल, सचिव मिना चौधरी, सहसचिव करुणा कुमारी रावल पाण्डे र कोषाध्यक्षमा सुनिता चौधरी चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा रुपा बजगाईँ, वसन्ती जोशी, चन्द्रा वली, राधा कुँवर, ईन्दिरा सुवेदी, शान्ति सुनार र टिका सम्सेली चयन हुनुभएको नव निर्वाचित समितिका प्रथम उपाध्यक्ष संगिता थापाले जानकारी दिनुभएको छ । 

उमा पन्थको सभाअध्यक्षतामा भएको कार्यक्रममा महिला उद्यमी महासंघकी केन्द्रिय अध्यक्ष शोभा ज्ञवाली प्रमुख अतिथी रहनु भएको थियो । उहाँले महिलाहरुलाई सफल उद्यमी बन्न प्रेरित गर्नुभएको छ । निर्वाचन समितिमा बारएशोशिएसन बर्दियाका सचिव देवेन्द्र सिग्देल निर्वाचन अधिकृत र मिना चौधरी सदस्य रहनु भएको उपाध्यक्ष थापाले जानकारी दिनु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments