गुलरिया उद्योग बाणिज्य संघ बर्दियाद्वारा नयाँ एसपीलाई स्वागत
मुरली गोडिया, १६ भदौ, गुलरिया (बर्दिया) । बर्दिया जिल्लाको प्रहरी कमाण्ड सम्हाल्न आइपुग्नु भएका नयाँ प्रहरी प्रमु्खलाई उद्योग वाणिज्य संघ गुलरियाले स्वागत गरेको छ । औपचारिक कार्यक्रमको आयोजनागर्दै संघले आइतबार जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेललाई स्वागत गरेको हो ।
जिल्ला सदरमुकाम गुलरिया बजारको अवस्था स्थानिय उद्योगी, व्यापारीले खुृला सिमानाका कारण झेल्नु परेको समस्या लगायत विषयमा जानकारी समेत गराएको छ । गुलरिया उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष इन्द्रकुमार श्रेष्ठले प्रमुख पौडेललाई स्वागतगर्दै व्यवसायीको समग्र अवस्थाका बारेमा प्रष्ट पार्नु भएको थियो । खुला सिमानाका कारण कर छलि कासाथै स्थानिय व्यापारी पसल बन्द गरि पलायन भइरहेको यथार्त अध्यक्ष श्रेठले प्रष्ट पार्नु भयो । स्थानिय किसान तथा व्यापारीहरुले सिमाभित्रै बाट समान खरिद विक्री गरेपनि प्रहरी प्रशासनको दमन सहनु परेकोले अबको नेतृत्वले त्यस्ता समस्यालाई मिलेर समाधान गरिने विश्वास श्रेष्ठले लिनुभयो ।
प्रहरीको प्रमुख कार्य जिल्लाको शान्ति सुरक्षा भएकोले स्थानिय व्यवसायीलाई पर्ने गरेका पिरमर्कामा समेत प्रहरीको सहयोगी भुमिकाको अपेक्षा बजारका व्यापारीले गरेको श्रेष्ठले बताउनु भयो । स्वागत कार्यक्रममा उपस्थित गुलरियाका स्थानिय व्यापारी बजारको अवस्था, सिमानाका कारण उत्पन्न समस्या, पोके व्यापारीले पारेको असर लगायतका विषयमा प्रहरी प्रमुखलाई अवगत गराईएको छ । कार्यक्रममा सुनचाँदी व्यवसायी संघ बर्दियाका अध्यक्ष विष्णु सुनारले पनि प्रहरी प्रमुख पौडेललाई खादा लगाई स्वागत गर्नु भएको थियो ।
स्वागत तथा परिचायात्मक कार्यक्रममा बोल्दै प्रहरी प्रमुख पौडेलले प्रहरीको काम जिल्लाको शान्ति सुरक्षा रहेको बताउनु भयो । सिमानामा नेपाल प्रहरी तेस्रो दायरामा भएकाले आवश्यक सहजीकरणका लागी समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नागरिकको जिउ ज्यानको सुरक्षा नै प्रमुख कार्य भएकाले सरोकारवाला निकायहरुसंग आवश्यक समन्वय गरि जिल्लामा अमनचयन कायम गर्न अग्रसरता लिने उहाँको प्रतिवद्धता छ । कार्यक्रमका अवसरमा उद्योग वाणिज्य संघले भर्खर मात्रै चयन हुनुभएकी महिला उद्यमी संघकी अध्यक्ष उपमा रेग्मीलाई समेत स्वागत गरेको छ ।
प्रेस काउन्सिन नेपालमा ख बर्गमा बर्गिकृत चुरेकुञ्ज साप्ताहिक पत्रिकाद्वारा संचालित चुरेकुञ्ज डटकममा प्रकाशित समाचारहरु साभार नगरीकन केही मिडियाहरुले प्रकाशित गरेको पाईएकोले ध्यानाकर्षण भएको छ । साभार नगरी वा अनुमति नलिई समाचार प्रकाशित नगर्न सबैमा अनुरोध गर्दछौं । अन्यथा कानूनी उपचारमा जाने ब्यहोरा जानकारी गराउँछौ । सम्पादक ।
Facebook Comments