• २२ असोज २०८२, बुधवार
  • १९ °C काठमाडौं
बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको संख्या बढ्दै

चुरेकुञ्ज, २३ भदौ, बर्दिया । बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र गुलरियामा आर्युवेदिक उपचारमा आउने बिरामीको संख्या बढेको छ । केन्द्रले सेवाग्राहीको माग अनुसार उपचार सेवा दिन थालेपछि आयुर्वेद उपचारमा बिरामीहरुको आर्कषण बढेको हो । 

बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रबाट गत आर्थिक बर्षमा वहिरंग मार्फत २४ हजार ७५५ बिरामीहरुले सेवा लिएको बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र गुलरियाकी प्रमुख कलावती विस्वकर्माले प्रगति समिक्षाबारे सहजीकरणका क्रममा जानकारी दिनुभयो ।  जसमध्ये जेष्ठ नागरिक ४ हजार ६५५, स्तनपायी ५४२, पञ्चकर्म÷पूर्वकर्म ६ हजार ८१७, नागरिक आरोग्य ७ हजार ३६४ जनाले सेवा लिएका छन् ।

त्यस्तै नागरिक आरोग्य सेवा केन्द्र अन्र्तगत मनाउ आयुर्वेद औषधालय ५ हजार ६५४, मोहम्मदपुर औषधालय ४ हजार ४४५, मगरागाडी ४ हजार ३३, जमुनी २ हजार ७९६, नागरिक आरोग्य सेवा केन्द्र मधुवन ६ हजार ३७०, राजापुर ४ हजार ३६९, ठाकुरबाबा सेवा केन्द्र ४ हजार ११ र बाँसगढी नागरिक आरोग्य सेवा केन्द्रबाट ३ हजार ६३७ जनाले उपचार सेवा लिएको उहाँको भनाई छ । 

गत आर्थिक बर्षमा ३ हजार २३० जनाले ल्याव सेवा लिएका छन् । बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र गुलरियामा पञ्चकर्म सेवालाई थप गुणस्तरिय बनाउन अत्याधुनिक उपकरणहरुको ब्यवस्थापन, नागरिक आरोग्य केन्द्रहरुलाई प्रभावकारी बनाउँदै स्थानिय तहको अपनत्वमा लैजादै कार्यालयको लागि प्रयाप्त जमिनको ब्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड छ । 
विभिन्न पालिकामा नागरिक आरोग्य सेवा केन्द्र र जिल्ला नागरिक आरोग्य समिति निर्माण गरिएको छ । संस्था विकासका लागि नविनतम प्रयासहरु समेत गरिएका छन् । बर्दिया जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गुलरियाले जिल्ला स्तरिय बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठि सम्पन्न गरेको छ ।

जिल्ला समन्वय प्रमुख सूर्य बहादुर विष्टले आयुर्वेद महत्वपूर्ण रहेकाले प्रचारप्रसार गर्दै लगानी बढाउनु पर्ने बताउनु भयो ।गोष्ठिमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आयुर्वेद स्वास्थ्य केन्द्र संचालनमा आएका कठिनाईहरु स्थानिय सरकार मार्फत सहजीकरण गर्न पहल गर्नुपर्नेमा ध्यानाकर्षण गराउनु भयो । नागरिक आरोग्य सेवा केन्द्र मधुवन र मनाउ आयुर्वेद औषधालय उत्कृष्ट भएका छन् । सोही अवसरमा प्रमाण पत्रसहित उत्कृष्ट दुवैलाई सम्मान गरिएको छ । पालिका अन्र्तगतका स्वास्थ्य शाखा प्रमुख, नागरिक आरोग्य केन्द्र एवम् औषधालय प्रमुखहरुले आआफ्ना प्रगति समिक्षा राख्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments