• २० चैत २०८२, शुक्रवार
  • १५ °C काठमाडौं
विश्वाशिलो सहकारी राजापुरको बजेट साढे ८ करोड भन्दा बढी 

केशव कोईराला, २५ असोज, राजापुर (बर्दिया) । बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड, राजापुर सेवा केन्द्रले ३० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्था उपाध्यक्ष झक प्रसाद उपाध्यायको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व शिक्षक राजकुमार रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो । 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । युवा परिचालन उप–समिति सदस्य गोबिन्द प्रसाद खलालले स्वागत मन्तव्य राख्नु भएको थियो । संस्थाले साधारण सभामार्फत २०८२ असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्दै रु ८ करोड ५६ लाख २१ हजार १ सय २५ रूपैयाँ ६४ पैसाको आम्दानी गरेको जानकारी दिएको छ । 

हाल सहकारीले बर्दियाका ८ वटै स्थानीय तह तथा बाँके जिल्लाका केही स्थानीय तहहरूमा सेवा केन्द्र विस्तार गरी १ सय २२ सेवा केन्द्रहरू मार्फत २२ हजार ५६ जना सदस्यहरूलाई सेवा प्रदान गर्दै आएको छ । संस्थाले “मर्यादित सहकारी, समुन्नत समाज” भन्ने मूल नारालाई आत्मसात गर्दै सदस्य मृत्यु राहत, ऋणी बीमा कार्यक्रम, छात्रवृत्ति, मोबाइल बैंकिङ, एसएमएस सेवा, रेमिट्यान्स सेवा, तथा ऋण लगानी जस्ता विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । 

साधारण सभामा उत्कृष्ट बचतकर्ता, जेष्ठ सदस्य र उत्कृष्ट ऋणीलाई प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाका शेयर सदस्यहरू, कर्मचारी तथा अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको सहकारीले जनाएको छ । 

सम्बन्धित समाचार

Facebook Comments