राष्ट्रिय सहकारी बैंकद्वारा बर्दियाको सुनौलो महिला सहकारी सम्मानित
मुरली गोडिया, मंसिर १०, गुलरिया (बर्दिया) । सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड उत्कृष्ट सदस्य संस्थाको रूपमा सम्मानित भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड (एनसीबीएल) को २२ औं वार्षिक साधारण सभाको अवसरमा सहकारीलाई सम्मानित गरिएको हो ।
महिलाद्वारा सञ्चालित सहकारीहरुमा प्रभावशाली संस्था मानिएकोले उक्त सहकारीलाई लुम्बिनी प्रदेशका सदस्य सहकारी संस्थाहरू मध्ये सहकारी विकास, प्रवद्र्धन तथा सामाजिक रुपान्तरणमा पुरयाएको उल्लेखनीय योगदानका आधारमा सम्मान प्रदान गरिएको छ । बुटवलमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई, सम्मान–पुरस्कार कार्यदल संयोजक विजया धिताल तथा बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले संयुक्त रूपमा संस्थालाई प्रशंसा पत्र प्रदान गरेका छन् ।
कार्यक्रमका वक्ताहरुले सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारीले समुदायमा आधारित आर्थिक, सामाजिक र सांस्कृतिक विकासका क्षेत्रमा देखाएको सक्रियता अन्य सहकारीका लागि आदर्श बनेको बताएका छन् । सम्मान पश्चात् संस्थाकी निर्वतमान अध्यक्ष ईन्दिरा सुवेदीले सहकारीलाई अझ जिम्मेवार, पारदर्शी र प्रभावकारी रूपमा अगाडि बढ्न प्रेरणा दिएको प्रतिक्रिया दिनु भयो ।
सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारीले विगत लामो समयदेखि विशेष गरी स्थानीय समुदायमा आर्थिक सशक्तीकरण, आत्मनिर्भरता तथा सामाजिक रूपान्तरणका क्षेत्रमा संस्थाले पु¥याउँदै आएको योगदानको स्थानिय रूपमा प्रशंसनीय मानिएको छ ।
१५ °C काठमाडौं
Facebook Comments