• १३ असार २०८३, शनिवार
  • २३ °C काठमाडौं
महिलालाई उद्यमी बनाउन वडामा गुडिया तालिम

मुरली गोडिया, गुलरिया (बर्दिया) । गुलरिया नगरपालिका वडा नम्बर ५ का महिलालाई डल कुसन तथा गुडिया बनाउने दश दिने तालिम दिईएको छ । गुलरिया नगरपालिका वडा नंम्बर ५ कार्यालयको आर्थिक सहयोगमा अग्रिमा हस्तकला ट्रेनिङ्गले आयोजना गरेको तालिममा १६ जना महिलाहरुले तालिम पाएका हुन । 


वडाका महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन डल कुसन तथा गुडिया सम्बन्धी दश दिने तालिम दिएको वडाले जनाएको छ । वडाले महिलाहरुको लागी आर्थिक क्षेत्रमा विकास गरि गाँउघरमा कम समयमा बढी आम्दानी गर्न सकिने यो तालिमले महिलाको व्यवसायिकतालाई अझ निखार ल्याउनु पर्ने वडा अध्यक्ष मुम बहादुर मल्लले बताउनु भयो । तालिमको समापन कार्यक्रममाबोल्दै वडा अध्यक्ष मल्लले महिलाहरुको क्षमता वृद्धिका लागि वडाले आगामी दिनमा उपलब्धि मुलक तालिमहरु सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । वडाले संचालन गरेको तालिम अत्यन्त फलदायी भएको प्रशिक्षार्थीहरुले बताएका छन । 


कतिपय तालिम सिकाइका लागी मात्र हुने गरेको बताउँदै सिकेको सिप आयआर्जन संग जोड्नु पर्ने उनीहरुको भनाई छ । वडाले दश दिन सम्म दिएको तालिम अवधि सिप सिकाईको लागि प्रयाप्त नरहेको प्रशिक्षार्थी देवी सापकोटाले बताउनु भएको छ । कम्तिीमा १५ दिन वा १ महिना सम्म दिएको भए अझ राम्ररी सिक्ने अवसर मिल्ने उहाँको भनाई छ । तालिम प्रारम्भिक सिकाई मात्र भएको र यसले तालिमबाट प्राप्त ज्ञानलाई व्यवसायिक रुपममा संचालन गर्न असमर्थ रहेको भन्दै दोस्रो चरणका तालिममा समेत सहभागीहरुलाई अवसर दिनुपर्ने क्षेत्रीले सुझाव दिनु भयो । आगामी दिनमा वडाले यस्तो सिपमुलक तालिमको आयोजना गर्दा अवधि बढाएर आयोजना गर्नुपर्नेमा उहाँको जोड छ । 


शुभकामना तथा बधाई दिंदै अग्रिमा हस्तकला ट्रेनिङ्ग सेन्टरकी प्रमुख प्रशिक्षक निर्मला धमलाले व्यस्तताका बीच पनि तालिम लिने सवैलाई धन्यवाद दिनु भयो । गृहिणी महिलाका लागी तालिम उत्तम रहेको बताउँदै दिनभरि व्यस्त हुने महिलाहरुको लागी समेत गुडिया तालिम उपयोगी रहेको बताउनु भयो । आफुले बर्दिया जिल्ला मात्र नभई बुटवल, पोखरा, लगायतका स्थानमा समेत तालिम दिइएको उल्लेखगर्दै धमलाले प्रशिक्षार्थीको लगनशिलताले आयआर्जनमा समेत ठुलो सहयोग पुग्ने विश्वास लिनु भएको छ । तालिम समापन कार्यक्रममा वडा सचिव घनश्याम अधिकारी, वडा सदस्य रतन बहादुर ठकुराठी, शोबिन्द्र वहादुर चौधरी प्रशिक्षार्थी समेतको उपस्थिती थियो । कार्यक्रमको सहजीकरण अग्रिमा हस्तकला प्रशिक्षण केन्दका व्यवस्थापक सागर चापागाईले गर्नुभएको थियो ।

 

सम्बन्धित समाचार

Facebook Comments