• १७ वैशाख २०८३, बिहिवार
  • १६ °C काठमाडौं
प्रजनन् रुग्णता सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय ५० बढी महिला लाभान्वित  

दलबहादुर सुनार, मंसिर १४, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयातालमा महिलाहरूमा हुने प्रजनन् रुग्णता परीक्षण, पहिचान, उपचार व्यवस्थापन सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर“ सम्पन्न भएको छ । पालिकाले महिलालाई लक्षित गरी महिलाको स्तन क्यान्सर स्क्रिनिङ (भीआईए) प्रविधिवाट प्रजनन् अङ्ग खस्ने समस्या फिस्टुला तथा प्रजनन् रोगको पहिचान, उपचार र व्यवस्थापन सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । 

बढैयाताल स्वास्थ्य शाखाकी बरिष्ट नर्सिङ निरिक्षक दिपा रिजालका अनुसार स्तन तथा पाठेघरको क्यान्सर, प्रजनन् अङ्गमा हुने क्यान्सर परीक्षण, पाठेघर खस्ने तथा फिस्टुला परीक्षण, यौन रोगको परीक्षण पहिचान तथा परामर्श आदि सेवाहरू शिविरमा प्रदान गरिएको थियो । बढैयाताल २ स्थित जमुनी स्वास्थ्य चौकीमा मंसिर १० गते, स्वास्थ्य चौकी मैनापोखरमा ११ गते र कालिका स्वास्थ्य चौकीमा १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्ञ्चालन गरिएको थियो । 

नर्सिङ निरिक्षक रिजालका अनुसार निःशुल्क शिविरबाट जमुनीमा १ सय १२ जना, मैनापोखरमा १ सय २५ जना र कालिकामा १ सय १८ जनाको प्रजनन् अंगको स्वास्थ्य परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्ये मैनापोखर वाट ८, जमुनी वाट ७ र कालिका वाट ५ जना गरि जम्मा २० जनामा क्यान्सरको शंकास्पद देखिएकोले थप परिक्षणको लागि नेपालगञ्ज रिफर गरिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments