• २० चैत २०८२, शुक्रवार
  • १५ °C काठमाडौं
हिमालय लिकर्स प्रालि राजापुरको प्रारम्भिक वातावरणीय परीक्षण सम्पन्न

केशव कोईराला, मंसिर १५, राजापुर (बर्दिया) । हिमालय लिकर्स प्रा.लि. द्वारा प्रस्तावित उद्योग स्थापना सम्बन्धी प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) विषयक सार्वजनिक सुनुवाइ राजापुरमा सम्पन्न भएको छ । कम्पनीका जनरल म्यानेजर कृष्ण महतोको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा राजापुर नगरपालिकाका प्रमुख दिपेश थारु प्रमुख अतिथि रहनु भएको थियो ।  

कम्पनीका फिल्ड म्यानेजर कृष्ण कुमार रेग्मीले स्वागत मन्तव्य राख्दै उद्योग स्थापनाको आवश्यक तयारी, वातावरणीय पक्ष तथा स्थानीयको अपेक्षा–चासोबारे जानकारी गराउनुभयो । प्रमुख अतिथि दिपेश थारुले उद्योग स्थापनाले नगरको विकास, आर्थिक गतिविधि वृद्धि तथा स्थानीय रोजगारमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उद्योगले मानव स्वास्थ्य, वातावरणीय संरक्षण तथा स्थानीय स्रोत–साधनको दिगो उपयोगमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनु भयो । 

विकासका लागि भाषणभन्दा व्यवहारिक परिश्रमले मात्र सकारात्मक परिवर्तन सम्भव हुने प्रमुख थारुको भनाई छ । कार्यक्रममा कम्पनीका प्रशासन प्रमुख इन्द्र ढकालले उद्योग स्थापनापछि अपनाइने वातावरणीय सुरक्षा उपाय, उत्पादन प्रक्रिया तथा सामाजिक उत्तरदायित्व (सिआरएस) अन्तर्गतका गतिविधिबारे प्रस्तुति राख्नुभयो । कार्यक्रममा कानुनी सल्लाहकार महादेव रद्गैया, वडा सदस्य ठानदार चौधरी स्थानीय बासिन्दा, सामाजिक अगुवाहरू, उद्योगका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सहभागीहरूको उपस्थिति उल्लेखनीय थियो । 

सहभागीहरूले उद्योगलाई आवश्यक निगरानी, स्पष्टता र स्थानीय समुदायसँग निरन्तर समन्वय गर्दै अघि बढ्न अनुरोध गरेका छन् । सुनुवाइ कार्यक्रम सफलतापूर्वक सम्पन्नगर्दै अध्यक्ष कृष्ण महतोले सबैको सुझावलाई समेटेर उद्योग दिगो र उत्तरदायी ढंगले सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो । चिनी मिलमा लिकर्स उत्पादन हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments