• १३ असार २०८३, शनिवार
  • २३ °C काठमाडौं
जयकालिका र बर्दिया एकेडेमी मयूरकपको फाईनलमा 

दल बहादुर सुनार, बढैयाताल । प्रथम यू १८ मयुर कप फूटबल खेलको उपाधिको लागि जयकालिका  र बर्दिया एकेडेमी प्रतिस्पर्धागर्दै छन् । दोस्रो सेमिफाइनलको खेलमा दिपज्योति मा.बि. डाफेलाई  हराउन सफल बर्दिया एकेडेमी र प्रहिलो  सेमिफाइनल  खेलमा अमरज्योति मा.बिलाई पराजित गर्न सफल जय कालिका मावि बिच उपाधिको लगि स्पर्धा हुने भएको हो । 

बिहिवार सम्पन्न दोस्रो सेमिफाइनल प्रतिस्पर्धामा दिप ज्योति मा.बि. डाफेलाई शून्यका विरुद्ध ३ गोलगर्दै बर्दिया एकेडेमी फाइनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक प्रतियोगितामा प्रहिलो हाफ सम्म दुबै पक्षबाट गोल रहित भएको खेलको दोस्रो हाफमा बर्दिया एकेडेमीको तर्फबाट जर्सी नम्बर ९ का खेलाडी राजिब सार्कीले १ गोल र जर्सी न. ११ का टिम क्याप्टेन समेत रहेका अरुण चलाउनेले खेल सकिन केही मिनेट बाँकी रहदा लगातार २ गोल गरी एकेडेमीलाई फाइनलमा  पुर्याएका हुन्  । राष्ट्रको लागि खेलकुद स्वास्थको लागि खेलकुद भन्ने मुलनाराका साथ मंसिर २९ गते अमरज्योति  मा.बि. सितापुर र ने.रा.मा.बि. पडेरिया बिच भएको उद्घाटन खेलको अन्तिम खेल शनिबार जय कालिका र बर्दिया एकेडेमी बिच प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । 

३ वटा बिद्यालयलाई पछिपार्दै फाइनलमा प्रवेश गरेको जयकालिका र बाई परेर पहिलो खेल नखेली  २ वटा  बिद्यालयलाई हराउँदै  फाइनलमा प्रवेश  गरेको  बर्दिया  एकेडेमी  बिच  हुने  फाइनल  खेललाई महत्वपूर्ण रुपमा लिइएको छ । मयुर युवा क्लबको खेल मैदान बढैयाताल ८ स्थिति नयाँ  बस्तीमा हुने प्रतियोगितामा बढैयाताल गाउँपालिकामा रहेका सामुदायिक तथा संस्थागत मध्येका ११ वटा बिखलयले भाग लिएको प्रतियोगितामा बिजेता र उप बिजेता हुनेलाई क्रमश रु. २५ हजार र १५ हजार नगद सहित शिल्ड, मेटल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

 

सम्बन्धित समाचार

Facebook Comments