बर्दिया उद्योग वाणिज्य संघले राजापुरमा महोत्सव गर्ने
केशव कोईराला, मंसिर २०, राजापुर (बर्दिया) । बर्दिया उद्योग वाणिज्य संघ राजापुरले बर्दिया राजापुर महोत्सव २०८२ आयोजना गर्ने भएको छ । संघका अध्यक्ष कृष्ण कुमार रेग्मीको अध्यक्षतामा पत्रकार सम्मेलन मार्फत महोत्सवको जानकारी गराईएको छ ।
राजापुर महोत्सव २०८२ साल पुस ३० गतेदेखि माघ १० गतेसम्म भव्य रूपमा आयोजना गरिने अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । महोत्सवलाई सभ्य, सु–व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न स्थानीय निकाय, सरोकारवाला संघ–संस्था, व्यापारी तथा सर्वसाधारण सबैको सक्रिय सहयोग आवश्यक रहेको बताउँदै हातेमालोका लागि सबैमा अपिल गर्नुभयो ।
पत्रकार सम्मेलनमा संघका पदाधिकारी तथा स्थानीय पत्रकारहरूको सहभागीता थियो । महोत्सवमा थारु गाउँ, मनोरञ्जन झुला, ऐतिहासिक तथा सांस्कृतिक महत्व झल्किने स्टलहरू साथै व्यापारीक स्टलहरू राखिने महोत्सव आयोजकले जानकारी दिएको छ । महोत्सवले स्थानीय ब्यापार, पर्यटन प्रवद्र्धन, संस्कृतिको संरक्षण तथा व्यवसायिक गतिविधिको प्रवाह बढाउने अपेक्षा गरिएको छ ।
१५ °C काठमाडौं
Facebook Comments