• १३ असार २०८३, शनिवार
  • २६ °C काठमाडौं
बर्दियाको राजापुरमा स्थापित चिनी मिल उद्घाटन

केशव कोईराला, मंसिर २३, राजापुर (बर्दिया) । बर्दियामा निजी लगानीमा स्थापना गरिएको दोस्रो ठूलो उद्योग राजापुर सुगर एन्ड केमिकल्स प्रालि अन्तर्गतको चिनी मिल मंगलवार विशेष समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ । कम्पनीका प्रमुख यज्ञ बहादुर ओलीले धार्मिक विधि अनुसार डुङ्गा पूजन गर्दै मिल द्घाटन गर्नुभएको छ ।

२ सय २५ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण सम्पन्न आधुनिक चिनी मिलले आगामी पुस महिनाको अन्त्यबाट उत्पादन सुरु गर्ने तयारी गरिएको प्रशासन प्रमुख इन्द्र ढकालले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले उद्योगको बिस्तार नै बिकासको आधार भएकाले यस क्षेत्रको बिकासमा चिनिमिल जनताको मेरुदण्ड साबित हुने धारणा राख्नुभयो । 

मिल संचालनमा आएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करिब हजारौं व्यक्तिले रोजगारी पाउने अनुमान गरिएको छ । यसले बर्दिया लगायत आसपासका क्षेत्रमा रोजगारी, आर्थिक गतिविधि र उद्योग–व्यवसायको विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments