• २० चैत २०८२, शुक्रवार
  • १५ °C काठमाडौं
बढैयातालको भगवती दुग्ध सहकारी अध्यक्षमा लुँईटेल 

दलबहादुर सुनार, मंसिर २३, बढैयाताल (बर्दिया) । लुम्विनी प्रदेशकै उत्कृष्ट भगवती दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड बढैयातालको अध्यक्षमा ईन्द्र प्रसाद लुइटेल सर्वसम्मत निर्वाचित हुनु भएको छ । सहकारीको २३ औ साधारण सभा तथा ७ औ अधिबेशनवाट लुईटल ४ वर्षका लागि  सर्वसम्मत निर्वाचित हुनु भएको छ । 

लुईटेल दुग्ध सहकारी संघका केन्द्रिय सदस्य  एवं पुर्व वडाध्य समेत हुनुहुन्छ । शनिवार सहकारीको प्राङ्गणमा भएको अधिवेशनले लुइटेलको अध्यक्षतामा नौ सदस्य सञ्चाललक समिति निर्वाचित गरेको छ । सहकारीका ब्यबस्थापक हरि सुवेदीका अनुसार उपाध्यक्षमा पिंगला गौतम, सचिबमा श्यामराज पौडेल, कोषाध्यक्षमा ज्ञोन्द्र लम्साल, सदस्यहरुमा चिन्तन अधिकारी, अर्विन यादव, प्रभा पौडेल, राजु पौडेल र धनकुमारी निर्वाचित हुनु भएको छ । 

यसै गरि अधिवेशनले  दिपक खनालको संयोजकत्वमा तीन सदस्य लेखा समिति निर्वाचित गरेको छ । सदस्यमा सिता सापकोटा गौतम र आशा कुमारी पाण्डे रहनु भएको छ । २३ औ साधारण सभा संस्थाका अध्यक्ष गणेश भट्टराइको अध्यक्षता तथा नेपाल कृषि सहकारी संघ सञ्चालक समतिका सदस्य हरि बहादुर अधिकारीको प्रमुख आतिथ्यमा भएको छ । सभामा बढैयाताल सहकारी सञ्जालका अध्यक्ष विष्णु प्रसाद लम्साल लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments