• २ फागुन २०८२, शनिवार
  • १० °C काठमाडौं
महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसँगै साईकल हस्तान्तरण  

केशव कोईराला, पुष ०४, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ५ ले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानगर्दै साइकल वितरण गरेको छ । वडा कार्यालयको आयोजनामा सम्पन्न एक कार्यक्रमका बीच वडा अध्यक्ष रमेश दहितले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान पत्रसहित साइकल हस्तान्तरण गर्नुभएको छ । 

वडाका १६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई १ लाख ५० हजार रुपैयाँ  बराबरको साइकल हस्तान्तरण गरिएको हो । वडा अध्यक्ष दहितले जस्तोसुकै कठिन परिस्थितिमा पनि महिला स्वास्थ्य स्वयंसेविकाहरुले समुदायमा स्वास्थ्य सेवा प्रवाह तथा सामाजिक सेवामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्नुभयो । उहाँले महिला स्वास्थ्य स्वयंसेविकाहरुको निःस्वार्थ सेवाका कारण समुदायको स्वास्थ्य सचेतना वृद्धि भएको बताउनुभयो ।

सम्मानित महिला स्वास्थ्य स्वयंसेविकाहरुले साइकल प्राप्त भएपछि सेवा प्रवाहमा थप सहजता हुने विश्वास व्यक्त गरेका छन् । वडा कार्यालयले आगामी दिनमा पनि महिला स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिवृद्धि र प्रोत्साहनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने वडा सचीव अमित दहितले बताउनु भयो । कार्यक्रममा वडा सदस्यहरु, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरुको सहभागीता थियो ।

सम्बन्धित समाचार

Facebook Comments