• २० चैत २०८२, शुक्रवार
  • १५ °C काठमाडौं
साइन रेसुङ्गा वैंकद्वारा बालबालिकालाई शैक्षिक सामाग्रीसँगै न्यानो कपडा

मुरली गोडिया, पुष १०, गुलरिया (बर्दिया) । बर्दियाको गुलरियामा रहेको साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले वडा नम्बर ६ का विद्यार्थीहरुलाई शैक्षिक समाग्रीसँगै न्यानो कपडा सहयोग गरेको छ । विभिन्न विद्यालयमा अध्ययनरत वडा नम्बर ६ का १६ जना विद्यार्थीलाई शैक्षिक सामाग्री लगायत न्यानो कपडा सहयोग गरिएको हो । 

वैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न बालबालिकाका लागी करिव ५० हजार बराबरको शैक्षिक सामाग्री तथा न्यानो कपडा सहयोग गरेको बैंकका शाखा प्रमुख बिस्नु प्रसाद गौतमले जानकारी गराउनु भयो । वडा नम्बर ६ का वडा अध्यक्ष शुधांशु प्रकाश शर्माको प्रमुख आतिथ्यतामा भएको सहयोग कार्यक्रममा वडा भित्र अरु विपन्न विद्यार्थीहरु भएता पनि अहिले छुटेका विद्यार्थीहरुलाई आगामी दिनमा सहयोग गरिने बताउनु भयो । 

चिसो मौसममा विद्यार्थीलाई स्कुल झोला, कापी, कलम, स्वीटर सहयोग गरेकोमा अध्यक्ष शर्माले बैकलाई विशेष धन्यवाद दिनुभयो । चिसो मौसममा विपन्न परिवारका विद्यार्थीहरुले सहयोग पाए विद्यार्थी अभिभावक खुशी हुँदै बैंकलाई धन्यवाद दिएका छन । शैक्षिक समाग्री वितरण कार्यक्रममा वडा सदस्य शोभा भण्डारी, दिपक अधिकारी, वडा सचिव केशवराज खनाल, मकदे माविका प्रअ च्यामुलाल चौधरी, विद्यार्थी, अभिभावक लगायतको सहभागीता थियो ।

सम्बन्धित समाचार

Facebook Comments