• २० चैत २०८२, शुक्रवार
  • १५ °C काठमाडौं
युनिक नेपाल बर्दियाको ३० औं वार्षिक साधारण सभा 

केशव कोईराला, पुष ११, राजापु (बर्दिया) । युनिक नेपाल बर्दियाको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । युनिक नेपालका अध्यक्ष पृम बहादुर थारुको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथिमा पूर्व भूमि सुधार मन्त्री डाक्टर गोपाल दहित रहनु भएको थियो ।

युनिक नेपालका सचिव पार्बती दहितले आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले गरेका गतिविधि तथा उपलब्धिहरूको विस्तृत विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले गैरसरकारी क्षेत्रमा आयआर्जन, सीपमूलक तालिम, शैक्षिक विकास तथा वित्तीय पहुँच विस्तारका क्षेत्रमा युनिक नेपालले निरन्तर योगदान दिँदै आएको बताउनुभयो । वक्ताहरूले युनिक नेपालले स्थानीय समुदायको सामाजिक तथा आर्थिक सशक्तीकरणमा खेलेको भूमिकाको प्रशंसा गरेका छन् । 

साथै आगामी दिनमा प्रभावकारी कार्यक्रम सञ्चालनको अपेक्षा समेत व्यक्त गरिएको छ । साधारण सभामा राजापुर नगरपालिका वडा नम्बर २ का सदस्य राम कुमार थारु, वडा नम्बर ४ का अध्यक्ष बिदुर पोखरेल, वडा नम्बर ५ का अध्यक्ष रमेश दहित, वडा नम्बर ८ का अध्यक्ष राजेश थारु तथा बालाबजार व्यवस्थापन समिति अध्यक्ष कृष्ण चौधरी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि डा. दहितले युनिक नेपाल जस्ता संस्थाहरूले समुदायको दिगो विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै संस्थाको निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा बरघर, युनिक पदाधिकारी ,सस्थाका सदस्यहरु, संचारकर्मी सहभागी थिए । साधारण सभाले आगामी कार्ययोजना र कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरेको छ । 

सम्बन्धित समाचार

Facebook Comments