अध्यक्ष एवं ब्यवसायी पाण्डेद्वारा जन्मदिनको अवसर पारेर बाल बालिकालाई न्यानो कपडा
चुरेकुञ्ज, १८ पुष, गुलरिया (बर्दिया) । उद्योग बाणिज्य संघ गुलरिया बर्दियाका अध्यक्ष एवं ब्यवसायी देवेन्द्र पाण्डे (मंगल) ले आप्नो जन्मदिनको अवसर पारेर विद्यालयका बाल बालिकाहरुलाई न्यानो कपडा जकेट वितरण गर्नु भएको छ । मनकारी पाण्डेले जन्म दिनको अवसरमा विभिन्न समाजसेवी कार्य गर्दै आउनु भएको छ ।
विद्यालयमा अध्ययनरत विपन्न परिवारका बाल बालिकाहरुलाई १ सय थान न्यानो कपडा ज्याकेट वितरण गरेको उहाँले बताउनु भयो । पकेट खर्च कटाएर जन्म दिनको अवसरमा कपडा वितरण गरेको उहाँको भनाई छ । गुलरियाको श्रीबगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा ४० बालवालिकालाई कपडा हस्तान्तरण गरिएको र महाकवि देवकोटा लगायत अन्य विद्यालय गरी १ सय जना बालवालिकालाई १ लाख रुपैया बराबरको न्यानो कपडा हस्तान्तरण गरेको पाण्डेले बताउनु भयो ।
फजुल खर्च कटाएर बालवालिकालाई न्यानो कपडा वितरण कार्य सह्निय रहेको गुलरिया नगरपालिकाका प्रवक्ता एवं गुलरिया नगरपालिका वडा नम्बर ६ का अध्यक्ष शुधांसु प्रकाश शर्माले बताउनु भयो । जन्मदिनमा फजुल खर्च कटाएर सामाजिक सेवामा सहयोग गर्ने कार्यले सबैको हित हुने भएकाले यस्ता राम्रा कार्यको शुरुवात सबैले शुरु गर्नुपर्ने उहाँको भनाई छ । विद्यालयले विपन्न बाल बालिका छनोट गरी न्यानो कपडा वितरणमा सहयोग गरेको बगलामुखी माविका प्रधानाध्यापक मोतिराम शर्माले बताउनु भयो ।
१५ °C काठमाडौं
Facebook Comments