साना किसान कृषि सहकारी बाँसगढीको मुनाफा ८७ लाखभन्दा बढी
विन्दु चौधरी, २० पुष, बाँसगढी (बर्दिया) । बर्दियाको बाँसगढीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेलले ८७ लाख ४५ हजार ९४ रूपैयाँ मुनाफा आर्जन गरेको छ । ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने मुल नाराका साथ साना किसानहरुको सुविधाका लागि संचालन गरेको सहकारीले १७ औं साधारण सभाबाट संस्थाले गरेको मुनाफा प्रतिवेदन मार्फत सार्वजनिक गरिएको हो ।
बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारी संस्थाका अध्यक्ष तिर्थराज पौडेलले आगामी वर्षका योजना तथा रणनिति प्रस्तुत गरी आर्थिक वर्ष २०८०÷०८१ मा गरेका कामको प्रगति विवरण समेत सार्वजनिक गर्नुभएको थियो । जसमा पशुधन सुरक्षण सम्बन्धी तालिम ८४ जनालाई प्रदान गरेको छ, त्यस्तै सुत्केरी भत्ता ११ जना, स्वच्छ भान्सा परियोजना विधुतिय प्रबन्धन तालिम २२ जना, कुखुरा पालन ५० जना, सहकारी शिक्षा तथा अन्तरसमुह सुढृढीकरण तालिम ५६१ जना गरी ७ सय ४७ जना सहभागी गराएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार सहकारीले नयाँ गोठ निर्माण, गोठ सुधार कार्यक्रम, च्यापकटर मेसिन, दाना मेसिन लगाएत अनुदानमा सहकारीका किसान लांभावित भएका छन । सहकारीको कुल शेयर पुँजी एक करोड २८ लाख ५० हजार १०० रुपैया रहेकोमा एक लाख ८८ हजार ५०० रुपैयाले बद्धि भई यस वर्ष एक करोड ३० लाख ३८ हजार ६०० रुपैया पुगेको छ । गत आर्थिक वर्षमा कुल निक्षेप ५ करोड २८ लाख १६ हजार १९१ रुपैया रहेकोमा एक करोड १९ लाख ७८ हजार १११ रुपैया बद्धि भई यस वर्ष ६ करोड ४७ लाख ९४ हजार ३०२ रुपैया पुगेको लेखा समिती संयोजक खिम बहादुर खडकाले प्रतिवेदन मार्फत जानकारी गराउनु भयो ।
त्यस्तै यस वर्ष सहकारीले ११ करोड ५ लाख ५३ हजार ८५ रुपैया ऋण लगानी गरेको छ । आम्दानी तर्फ २ करोड ६ लाख ३७ हजार ७३३ रुपैया र खर्चतर्फ १ करोड १८लाख ९२ हजार ६४९ रुपैया खर्च गरी कुल ८७ लाख ४५ हजार ९४ रूपैयाँ नाफा गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सहकारीका अध्यक्ष तिर्थराज पौडेलको अध्यक्षतमा भएको कार्यक्रम बाँसगढी नगरप्रमुख खडक बहादुर खडका, वाड नं ५ का वडाअध्यक्ष दहवा थारु, सहकारी संजालका अध्यक्ष देविसरा जैसी, विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
साथै सहकारीले विभिन्न विधामा उत्कृष्ट हुने २ दर्जनभन्दा बढि शेयर सदस्यलाई सम्मान गरेको छ । सहकारीले शेयर समूह, समूह बचत, बाल बचत, बाख्रा पालन व्यवसायीक गाईभैसीँ पालक, उत्कृष्ट व्यवसाय सञ्चालक, उद्योग सञ्चालक, उत्कृष्ट अन्तर समूह, तरकारी खेती, कुखुरा पालक व्यवसायीलाई सम्मान गरिएको हो । कार्यक्रममा स्वागत उपाध्यक्ष निरुता बुढाले गर्नुभएको थियो, भने संचालन प्रबन्धक सुवर्ण कुमारी रेग्मीले गर्नभएको थियो ।
११ °C काठमाडौं
Facebook Comments