• २ फागुन २०८२, शनिवार
  • ११ °C काठमाडौं
किसान समृद्धिको सेतुबन्दै आरजु राइस मिल 

केशब कोइराला, २१ पुष, डाँगीहाट, (मोरङ) । मोरङको बेलबारी–९, डाँगीहाटमा अवस्थित आरजु राइस मिल प्राईभेट लिमिटेड केवल चामल प्रशोधन उद्योग मात्र होइन, नेपाली किसानको भरोसा योग्य साझेदारका रूपमा स्थापित हुँदै गएको छ । आधुनिक प्रविधि, पारदर्शी प्रणाली र किसानमैत्री नीतिका कारण आरजु राइस मिलले किसान–उद्योग सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको छ । 

आरजु राइस मिलले धान खरिदअघि नै न्यूनतम समर्थन मूल्य तोक्ने अभ्यास गर्दै आएको छ । यसले किसानलाई आफ्नो उत्पादनको उचित मूल्य र सुनिश्चित बजारको भरोसा दिलाएको छ । बजार अनिश्चितताका कारण किसानले भोग्दै आएको मूल्य जोखिमलाई यो व्यवस्थाले न्यूनिकरण गरेको छ । धान बुझाएको दुई दिनभित्रै बैंकमार्फत भुक्तानी पाउने व्यवस्थाले किसानको नगद प्रवाह सहज बनाएको छ । यसले खेतीका लागि चाहिने बीउ, मल र अन्य सामग्री खरिदमा ढिलाइ नहुने वातावरण सिर्जना गरेको बेलवारि–९ जुराका किसान गोबिन्द न्यौपाने बताउनु हुन्छ । 

पहिले धान स्याहार्न गाह्रो थियो, अचेल खेतबाट मिलले धान लिन्छ,अनि ४८ घन्टा भित्रमा हातमा चेक दिन्छ ।” आरजु राइस मिल किसानलाई उन्नत बीउ, कृषि सम्बन्धी प्राविधिक सल्लाह, साथै हार्वेष्टर र कम्पायन जस्ता आधुनिक उपकरण प्रयोगमा सहकार्य गर्दै आएको छ । यसले उत्पादन लागत घटाउन, श्रम बचत गर्न र खेती प्रणालीलाई आधुनिक बनाउन उल्लेखनीय सहयोग पु¥याएको छ । 

नेपाली धानबाट गुणस्तरीय चामल 

मिलले नेपाली किसानबाट खरिद गरिएको धानलाई प्रशोधन गरी प्रिमियम, लोकल, लङ ग्रेन र जिरा मसिनो वास्नादार चामल उत्पादन गर्दै आएको छ । सन् २०२४ मा बजारमा ल्याइएको “एभरेस्ट अटोमेटिक सुपर लङ ग्रेन राइस” ले उपभोक्ताको विशेष ध्यान तानेको छ । पकाएपछि पनि दाना लामो रहने, स्वाद र सुगन्ध उत्कृष्ट हुने यो चामल नेपाली धानको सम्भावनाको उदाहरण बनेको छ । 

आत्मनिर्भरता तर्फको कदम 

नेपाली धानलाई प्राथमिकता दिँदै आरजु राइस मिलले चामल आयात घटाउने र देशलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । “नेपाली स्वाद अनुसार, गुणस्तरीय र सुलभ मूल्यमा चामल उपलब्ध गराउने हाम्रो निरन्तर प्रयास हो,” मिलका महाप्रबन्धक डा. बिबेकानन्द झा भन्नुहुन्छ । मिल प्रबिधि अनुगमन र किसानको भोगाइ सुन्दा उहिलेका किसान र अहिलेका किसानको दिनचर्या बदलिएको छ । बर्दियाका पर्यटन व्यावसायि एवं किसान मोहन कुमार थारु भन्नुहुन्छ ।“ देश भर आरजु राइस मिल जस्तै अबधारणाका मिल खोलिनु आवश्यक छ । ” 

सामाजिक उत्तरदायित्वमा सक्रिय 

उद्योग मात्र होइन, सामाजिक उत्तरदायित्वमा पनि आरजु राइस मिल अग्रसर छ । स्थानीय समुदायसँग सहकार्य गर्दै विभिन्न सामाजिक कार्यमा योगदान पु¥याउँदै आएको मिलले दिगो विकासको प्रतिबद्धता जनाएको छ । नेपाली किसानको उत्पादनलाई मूल्य, बजार र प्रविधिसँग जोड्दै किसान–उपभोक्ता–राष्ट्र तीनै पक्षको हित समेट्ने प्रयासमा आरजु राइस मिल सफल देखिन्छ । किसानको समृद्धि नै उद्योगको दिगोपन हो भन्ने सोचका साथ अघि बढिरहेको आरजु राइस मिल आज मोरङ मात्र होइन, नेपाली कृषि उद्योगको प्रेरक उदाहरणका रूपमा स्थापित हुँन आवश्यक छ ।

सम्बन्धित समाचार

Facebook Comments