बढैयातालमा मनाईयो राष्ट्रिय योग दिवस
दल बहादुर सुनार, १ माघ, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिका वार्ड नम्बर ८ मा एघारौं राष्ट्रिय योग दिवस मनाइएको छ । योग समिति नेपाल केन्द्रीय कार्यालय नेपालगञ्ज बाँकेद्वारा सञ्चालित चालिसौं, ४१ औँ र ५४ योग केन्द्रको संयुक्त आयोजनामा बढैयातालको वडा नम्बर ८ कण्ठपुर चोकमा योग दिवस मनाइएको हो ।
स्वस्थ समाज समृद्ध नेपाल र विश्व शान्तिको लागि योग भन्ने सन्देशका साथ योग सम्बन्धी सचेतनामूलक प्लेकार्ड सहित र्याली गरी कोण सभा गरिएको थियो । ४० औ योग केन्द्रका संयोजक निर्मला आचार्यको अध्यक्षतामा भएको एघारौं राष्ट्रिय योग दिवस कार्यक्रमका प्रमुख अतिथि बढैयाताल गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष तेजनाथ पौडेलले योग सम्बन्धी ज्ञान सीप शिक्षा पुस्तान्तरण गर्न आवश्यक रहेको बताउँदै सबै टोलटोलमा योग शिक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
हाम्रो स्वास्थ्य हाम्रो जिम्मेवारी हरेक दिन हरेक घरमै योग र आयुर्वेदको आह्वन टोलटोलमै योग केन्द्रको स्थापना र सञ्चालन हाम्रो महान अभियान भन्ने मूल नाराका साथ मनाएको एघारौँ योग दिवसमा ३ वटा योग केन्द्रबाट ६०÷७० जनाको उपस्थिति रहेको थियो ।
कोणसभामा ४१ औ योग केन्द्रका संयोजक डमरबहादुर पौडेलले स्वागत गर्नुभएको थियो । ५४ औ योग केन्द्रका संयोजक कृष्णप्रसाद गौतमले सञ्चालन गर्नुभएको थियो भने सोही योग केन्द्रकि प्रशिक्षक शोभा अधिकारीले कार्यक्रमको महत्व र आवश्यकताको बारेमा धारणा राख्नुभएको थियो ।
११ °C काठमाडौं
Facebook Comments