• १३ असार २०८३, शनिवार
  • २५ °C काठमाडौं
सहकारीका सदस्यहरुले ऋण नतिर्दा बोनस घाटा

केशव कोईराला, राजापुर (बर्दिया) । नेपाल कृषि केन्द्रीय संघका उपाध्यक्ष पूर्ण शर्माले हुनेखाने भन्दापनी हुँदा खानेहरुलाई सरकारले ध्यान दिनुपर्ने बताउनु भएको छ । दिदि वहीनी साना किसान सहकारी सँस्था राजापुरको १२ औं वार्षिक उत्सव कार्यक्रमलाई सम्वोधनगर्दे यस्तो बताउनु भएको हो । 

सहकारीका नाममा सरकारले दिने अनुदान हुने खानेहरुले लिने गरेको भन्दै हुँदा खानेहरुलाई हेर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । यस क्षेत्रको अग्रणी सहकारी भएपनी पछील्लो समय सहकारीका सदस्यहरुले समयमा ऋण नर्तिदा आफैले पाउनुपर्ने बोनस घाटा भएको भन्दै आवश्यकता अनुसार कर्जा दिन सुझाउनु भयो । कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष डम्मर केसीले सँस्थाको मालिक सदस्य भएकाले आफ्नो सम्पतीको इमान्दारी पूर्वक रक्षा गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा लुम्वीनि सहकारी संघका सदस्य प्रमिला चौधरी, राजापुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष प्रसादु थारु, वडा नं ४ का अध्यक्ष बिदुर पोख्रेल, वडा नं ८ का अध्यक्ष राजेश थारु लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । १२ औ वार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रगति प्रतिवेदनमा कुल सदस्य संख्या १ हजार ४ सय ११, कुल समूह संख्या २ सय ७८ र संस्थाको मौज्दात रकम ५ करोढ १३ लाख ४४ हजार २ रुपैया रहेको अध्यक्ष तथा कार्यक्रमका सभापति सिता अर्यालले वताउनु भयो । विभिन्न सहकारीका प्रमुख तथा प्रतिनिधको सहभागिता रहेको साधारण सभाको सञ्चालन संस्थाकी प्रवन्धक मिरा चौधरीले गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments