बाँसगढी नगर अस्पतालबाट मानसिक तथा नशा रोगका सेवाग्राही लाभान्वित
विन्दु चौधरी, २३ माघ, बाँसगढी (बर्दिया) । बाँसगढी नगर अस्पतालमा विहीवार मानसिक तथा नशा रोगसम्बन्धी निःशुल्क परामर्श सेवा दिईएको छ । सेवामार्फत ४७ जना बिरामीले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन ।
बाँसगढी नगरपालिकाको समन्वयमा नेपालगन्ज शिक्षण अस्पताल, कोहलपुर बाँकेका मानसिक तथा नशा रोग विशेषज्ञ डा. मोहम्मद ऐनुद्रिन बागवानले बिरामीहरूको स्वास्थ्य परीक्षण तथा चेकजाँच गर्नुभएको हो । परामर्श सेवामा सहभागी सबै बिरामीलाई निःशुल्क औषधि तथा परामर्श प्रदान गरिएको अस्पतालले जनाएको छ ।
बाँसगढी नगर अस्पतालका मनोसामाजिककर्ता पृथ्वी थारुका अनुसार परीक्षणका क्रममा सबैभन्दा बढी चिन्ताजन्य रोग, मनोरोग, काम्ने समस्या तथा केही बिरामीमा डिप्रेसनसम्बन्धी समस्या देखिएको छ । थारुले मानसिक स्वास्थ्य समस्या भएर पनि उपचारको पहुँचमा समस्या भोगिरहेका व्यक्तिहरूलाई लक्षित गरी परामर्श सेवा तथा औषधि वितरण गरिएको जानकारी दिनुभयो ।
१७ °C काठमाडौं
Facebook Comments