सानाकिसान सहकारी कण्ठपुरको मुुनाफा ७५ लाख
दलबहादुर सुनार, बढैयाताल (बर्दिया) । बढैयाताल गाउँपालिका वडा नम्बर कण्ठपुरमा अवस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीको दिगोपन : स्वनियमन र सुशासन भन्ने मुल नारासहित १९ औं साधारण सभा गरेको हो ।
साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि बहादुर अधिकारीको सभापतित्व तथा बढैयाताल गाउँ पालिकाका अध्यक्षको प्रमुख आतिथ्यतामा गरिएका साधारण सभामा सस्थाका अध्यक्ष अधिकारीले आ.ब. २०७९/०८० मा संस्थाद्धारा सम्पादन भएका कार्य प्रगतिको प्रतिबेदन र आ. ब. ०८०/०८१ को प्रस्ताबित कार्ययोजना प्रस्तुत गर्नु भयो । १ सय ९९ वटा समुहका १ हजार १ सय ११ जना सदस्य रहेको सस्थाको शेयर पुँजी २ करोड ८ लाख ५३ हजार १ सय र निक्षेप ६ करोड २५ लाख ९७ हजार ३६७ रुपैया संकलन भएको जनाईएको छ । संस्थाले आ.ब. २०७९/०८० मा १८ करोड ३९ लाख ७० हजार ९५३ रुपैया ०९ पैसाको कारोवारवाट ७५ लाख ६७ हजार खुद नाफा कमाएको संस्थाका प्रबन्धक सुरज नेपालीले जानकारी दिनु भयो ।
संस्थाका १८ जना ज्येष्ठ सदस्यलाई दोसल्ला र प्रमाण पत्रबाट सम्मानित गरिएको छ । यसैगरी धेरै बाल बचत गर्ने रिया बढुवाल, समुह बचत तर्फ ४६ नं. समुह, उत्कृष्ठ कर्मचारी इन्दिरा रेग्मी, तरकारी उत्पादनमा उत्कृष्ट समुह नं ११ का मन बहादुर थारु, गाई भैसीतर्फ तोली बि.सी. बंगुर पालन तर्फ राधेश्याम थारु, बाख्रा पालन तर्फ सेतुकला पुर्जा, बिउ बिजन उत्पादनमा पार्वती चौधरी, कक्षा १२ को परिक्षामा बर्दिया प्रथम सन्ध्या पुन लगाएत बिभिन्न बिदामा उत्कृष्ट सदस्यहरुलाई दोसल्ला, प्रमाण पत्र, नगद र कृषि औजार प्रदान गरी सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष त्रिपाठीले साना किसान कृषि सहकारीले पालिका क्षेत्रमा छरिएर रहेका किसानलाई संगठितगर्दै उनीहरुको जीवनस्तर सुधार गर्नमा महत्वपूर्ण भुमिका खेलेको भन्दै सहकारीको प्रशंसा गर्नुभयो ।
सहकारीले बिउ उत्पादन र प्रशोधन गरी यस क्षेत्रमा बिउ बिजनमा आत्म निर्भरतर्फ उन्मुख भएकोभन्दै सहकारीले नेपालमा पहिचान बनाउनु पर्नेमा जोड दिनुभयो । प्रमुख अतिथि त्रिपाठीले किसानको बृद्धि विकासको लागि बढैयाताल गाउँपालिकाले साझेदारीमा काम गर्ने बताउनु भयो । कार्यक्रमका बिशिष्ठ अतिथि बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारीले शुभकामना मन्तब्य राख्दै बढैयाताल गाउँपालिकाले एक वडा एक उत्पादनको लक्ष्य लिएको भन्दै सहकारीले सदस्यको हितमा काम गर्नु पर्नेमा जोड दिनु भयो । शुभकामना मन्तब्य राख्दै वडा न. ८ का अध्यक्ष तेजनाथ पौडेलले परम्परागत निर्वाहमुखि कृषि प्रणालीलाई प्रबिधीमा जोडेर आधुनिक खेति प्रणालीसँग जोडनु पर्ने बताउँदै किसानलाई बितरण मुखीमा नभई उत्पादनमा आधारीत योजना बनाउदै पेसा र ब्यबसायलाई बिबिधिकरण गर्नु पर्नेमा पौडेलले जोड दिनु भयो ।
कार्यक्रममा बढैयाताल गाउँ पालिकाका पुर्व अध्यक्ष लाल बहादुर श्रेष्ठ, एकिकृत पशुपंक्षी बिकास कार्यालय बर्दियाका प्रमुख सागर ढकाल, नबदिप कृषि सहकारी सस्थाकी अध्यक्ष कौशिला सिंह ठकुरी, समाज सेबी रामचन्द्र थापा, जिल्ला ज्येष्ठ नागरिक संघका अध्यक्ष टुकराज घिमिरे लगायतले कृषि पेशालाई आधुनिकिरण गरि परम्परागत भन्दा बैज्ञानिक रुपमा संचालन गरि ब्यसायीकरण गर्नु पर्ने धारणा राख्दै संस्थालाई दिगो र सक्षम बनाउन सबै शेयर सदस्यहरुको समान जिम्मेबारी हुने कुरामा जोड दिनु भएको छ । ११ सय भन्दा धेरै सदस्य भएको संस्थाको साधारण सभामा कार्यपालिका सदस्य, वडा नं ७, ८ र ९ का वडाध्यक्ष, स्थानिय सहकारी संघ सस्थाका अध्यक्ष, स्थानिय सामुदायिक बनका अध्यक्ष शेयर सदस्य लगायतको उपस्थिति थियो । सभाको स्वागत उपाध्यक्ष बुद्धिबिलास खनालले र सञ्चालन संस्थाका प्रबन्धक सुरज नेपाली तथा जयराम चौधरीले गर्नु भएको थियो ।
२५ °C काठमाडौं
Facebook Comments