• १३ असार २०८३, शनिवार
  • २५ °C काठमाडौं
राजापुरमा "बर्दिया राजापुर महोत्सव" गरिँदै

केशव कोईराला, राजापुर (बर्दिया) । बर्दिया उद्योग बाणिज्य संघ राजापुरको आयोजनामा बर्दियाको राजापुरमा बर्दिया राजापुर महोत्सव हुने भएको छ । ०८० पौष २७ गते देखि माघ ९ गते सम्म राजापुर नगरपालिका वडा नम्बर ४ स्थित हुलाकी राजमार्गको दक्षिण क्षेत्रमा महोत्सव संचालन गरिने सर्वपक्षिय छलफल मार्फत जानकारी दिइएको छ । 


बर्दिया उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष केदार थापाले कृषि, औद्योगिक तथा पर्यटकिय क्षेत्रको विकास तथा प्रर्वधनगर्दै आर्थिक वृद्धि तथा विकास गरी स्वदेशी उत्पादनको निर्यात प्रवद्र्धन एवं आन्तरिक बजार सुदृढ गर्ने लक्ष्यसहित महोत्सव गर्न लागिएको बताउनु भयो । कृषि, उद्योग, पर्यटनको विकासमा टेवा पु¥याई गरिवी न्यूनिकरण गर्नुका साथै स्वावलम्बी बनाई आर्थिक रुपले सक्षम बनाउने उद्देश्य महोत्सवको छ । महोत्सवमा बर्दियामा रहेका धार्मिक पर्यटक स्थल, ओखरिया इन्टेक गणेशस्थान मंदिर बर्दिया राष्ट्रिय निकुञ्ज लगायतका पर्यटकिय क्षेत्रको प्रचार प्रसार गरि वाह्य तथा आन्तरिक पर्यटकको गन्तव्य बनाउने लक्ष्य रहेको अध्यक्ष थापाले प्रष्ट्याउनु भयो । 


महोत्सवमा घरेलु उद्योगबाट उत्पादित बस्तु, कृषि उत्पादन तथा जडिबुटी, स्थानीय परिकारहरु तथा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको गीत, नृत्य तथा हास्यव्यङ्ग प्रर्दशनी मुख्य आर्कषणको रुपमा रहने महासचिव लोकराज ढुँगानाले जानकारी दिनुभयो । सर्वपक्षिय छलफलमा उपाध्यक्ष माधवी केसी, सुनिल दहित, राम प्रसाद श्रेष्ठ, सदस्यहरु तिलक पौडेल, कमला न्यौपाने, बिजीता चौधरी, पुनित गुप्ता, इलाका प्रहरी कार्यलय राजापुरका प्रमुख, ससत्र प्रहरी प्रमुख, राजीतिक दलका प्रमुख प्रतिनीधि, व्यापारी, पत्रकारहरुले यस क्षेत्रको प्रचारप्रसार र मर्यादित रुपमा महोत्सव संचालन गर्न सुझाव दिएका थिए ।

सम्बन्धित समाचार

Facebook Comments