• ९ वैशाख २०८३, बुधवार
  • २९ °C काठमाडौं
पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि संगै बर्दियाका आयोजनाहरु प्रभावित

विष्णु अधिकारी, ८ बैशाख, बर्दिया । पछिल्लो समय तेलको मुल्य बृद्धि संगै बर्दियाका विभिन्न निर्माण आयोजनाहरु असर देखा परेको बर्दियाका निर्माण व्यवसायीहरुले जानकारी गराएका छन् । इन्धनको मुल्य वृद्धि संगै निर्माणका लागि चाहिने अपरिहार्य बस्तु, विटुमिन, सिमेन्ट र डन्डीको बजार मुल्यमा आएको भारि बृद्धिका कारण निर्माण क्षेत्रलाई धरासायी बनाएको भन्दै बर्दिया जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । 

ज्ञापन पत्रमा स्थानीय नदिजन्य निर्माण सामाग्री तथा क्रसर उद्योगहरुलाई नियमन गर्ने नाममा कानुनी जटिलता देखाई निर्माण ब्यवसायीलाई हतोत्साहित पार्न खोजिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । निर्माण व्यवसायीहरुले वर्तमान अवस्थामा निर्माण सामाग्रीहरुको अत्याधिक मुल्यबृद्धि भएका कारण निर्माण कार्यलाई अहिलेको अवस्था विद्यमान रहदा सम्म निर्माण कार्य संचालन गर्न नसकिने व्यवसायीहरुको माग रहेको छ । निर्माण ब्यवसायीहरुले आयोजनाहरुको निरन्तरताका लागि सरकारले उचित सम्बोधन गरेमा आयोजनाले निरन्तरता पाउने बताएका छन् ।

बर्दियामा साना आयोजनाहरु मात्रै संचालनमा नभई राष्ट्रिय गौरबको आयोजना बबई सिचाई आयोजना पनि संचालनमा रहेको छ । बर्दियाको सदरमुकाम गुलरियामा बबई सिचाई आयोजना अन्तर्गत ४ किलोमिटर मुख्य क्यानल र ११ किलोमिटर सहायक क्यानलको निर्माण कार्य संचालन गरिरहेको ब्ल्याक बक कन्स्ट्रक्सनका संचालक विमल के.सी. ले मुल्यवृद्धि संगै आयोजना सम्पन्न गर्न कठिनाई भइरहेको जानकारी गराएका छन् । के.सी. ले २ महिना अघि ८० रुपैया रहेको रड आज १ सय १२ रुपैया रुपैया बजार मुल्य रहेको र सिमेन्टको प्रति बोरी मुल्यमा पनि करिब २५० रुपैया बढेको अवस्थामा हिजो द्रुत गतिमा चलेको कामको तुलनामा आज ४० प्रतिशतमात्र कामले गति लिईरहेको हुँदा निर्माण व्यवसायीलाई परेको असरमा राज्य मुकदर्शक बनेको आरोप लगाएका छन् । 

उनले मुल्यबृद्धिको मारमा परिरहेको गौरबशाली आयोजनालाई अगाडी बढाइरहेको समयमा आयोजना सम्पन्न गर्नका लागि खोलिएका क्रसर उद्योग माथि सरकार फेरिदा पहिलो प्रहार गरि स्वघोषित दोष्ीा ठहर गरी सामाजिक प्रतिष्ठामा आँच पुग्ने कार्य राज्य तर्फबाट चलिरहेकोमा दुःख व्यक्त गरेका छन् । बर्दियामा विभिन्न साना ठुला आयोजना गरि करिब ८ अरब मुल्य बराबरको निर्माण कार्य संचालनमा छन् । एकातर्फ मुल्यबृद्धिले निर्माण ब्यवसायीलाई पिरोलीरहेको समयमा सरकारले निर्माण व्यवसायी प्रति देखाएको उदासिनताका कारण बर्दियाका आयोजनाहरुमा पनि असर पर्ने बर्दियाका निवर्तमान अध्यक्ष भेषराज पौडेल बताएका छन् ।

पौडेलले राष्ट्रिय गौरबका आयोजना देखि स्थानीय स्तरका विकास निर्माणका कामहरुलाई गतिदिन र हजारौ श्रमिक तथा व्यवसायीको हित संरक्षणका लागि तत्काल निर्माण उद्योगमा आपतकाल घोषणा गरि विशेष प्याकेज सरकाले ल्याउनु पर्नेमा जोड दिएका छन् । राज्यको समृद्धिको साझेदारको रुपमा रहेका निर्माण व्यवसायीहरुका जायज मागहरुलाई यथासिघ्र सम्बोधन गर्नु पर्ने निर्माण ब्यवसायी संघ बर्दियाका नि.वर्तमान अध्यक्ष पौडेलले सरकारसँग माग गरेका छन् ।

 

सम्बन्धित समाचार

Facebook Comments