कामका लागि नगद कार्यक्रम अन्तर्गत बाँके–बर्दियाको सिमानामा तटबन्ध गरिदै
मुरली गोडिया, २४ जेठ, गुलरिया (बर्दिया) । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ र बढैयाताल गाउँपालिका १ शान्तिपुर जोडने झुलुङ्गे पुल वरिपरि तटबन्धको कार्य तीब्र पारिएको छ । बर्दिया र बाँके जोड्ने छोटो दुरिमा पर्ने उक्त पुल बाढी आए जोखिममा पर्ने भएकाले तटबन्ध गर्नु परेको हो ।
पुल पैदल यात्रुका लागि सहज रहेको साथै सो स्थान देखि नेपालगन्ज जम्मा १२ किलो मिटर पर्ने र भारतीय बजार रुपैडिहा बजार समेत नजिक पर्ने भएकाले स्थानीयका लागि पुल महत्वपूर्ण मानिएको बढैयाताल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रेमबहादुर थापा छेत्रीले बताउनु भयो । तटबन्धका आवश्यक सामाग्री प्लास्टिक बोरा, डोरि, जाली तथा ढुवानी लगायतको सहयोग गाउँपालिका बबई नदि नियन्त्रण कार्यलय बैदी, जलस्रोत तथा सिचाइ बिकास कार्यलय गुलरियाले गरेको अध्यक्ष थापा छेत्रीले जानकारी दिनुभयो ।
विपद् तयारी तथा जीविकाका लागि पूर्वानुमानमा आधारित पूर्वकार्य सबलीकरण परियोजना -प्रयास २) अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रममा ५० जना सहभागी श्रमिकहरूलाई आवश्यक सुरक्षा सामग्री वितरण गरिएको प्रयास २ का परियोजना संयोजक खेम भन्डारिले जानकारी दिनुभयो । कार्यक्रममा वडा तहमा रहेका गरिब, बिपन्न, मजदुर महिला अपांगता भएका लगायतलाई समेटिएको छ । ८ दिने कार्यक्रम अन्तर्गत प्रति व्यक्ति १ दिनको ७१५ रुपैयाँका दरले कामको व्यवस्था गरिएको जनाइएको छ ।
श्रमिकहरूको सुरक्षाका लागि सेफ्टी हेल्मेट, पञ्जा -ग्लोभ्स), हाफ ज्याकेट तथा सेफ्टी बुट उपलब्ध गराइएको छ । प्लान इन्टनेशनल नेपालको सहयोग र भेरी वातावरणीय बिशिस्टता समूह बि ग्रुपको साझेदारी तथा बढैयाताल गाउँपालिकाको समन्वय सञ्चालन गरिएको यस कार्यक्रमले विपद् पूर्वतयारी, सरसफाइ तथा सार्वजनिक संरचना संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको परियोजनाकी फिल्ड सुपरभाइजर बिनिता परियारले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीयवासीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
२१ °C काठमाडौं
Facebook Comments