• २७ जेठ २०८३, बुधवार
  • २२ °C काठमाडौं
राजापुरमा बाल विवाहसँगै लागुऔषध एवं मानव बेचबिखन बिरुद्ध सचेतना

पुरुषोत्तम खनाल, २६ जेठ, बर्दिया । बर्दियाको भौरा क्षेत्रमा बढ्दो बालविवाह, लागुपदार्थ दूव्र्यसन तथा मानव बेचविखन विरुद्ध सचेतना गरिएको छ । राजापुर नगरपालिका अन्तर्गतको अमर शहीद श्री दशरथ चन्द माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रछात्राहरुलाई सचेत गराउने उद्देश्यले कार्यक्रम गरिएको हो । 

विद्यार्थीमाझ आफ्ना भनाईहरु राख्दै कार्यक्रमका सभाध्यक्ष राजापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढाले समयभन्दा अघि हुने विवाहले र लागुपदार्थको सेवनले शरीर कमजोर भएपछि विकासका सबैढोका बन्द हुने भएकाले आफैले भविष्य बनाउन सुझाव दिनु भयो । कार्यक्रममा बालविवाह अन्त्यका लागि भएका राष्ट्रिय रणनीतिका बारेमा राधाकृष्ण थारु जनसेवा केन्द्रका फिल्ड अफिसर रेणुका चन्दले सहजीकरण गर्नु भएको थियो । 

समाजमा बढ्दो लागुपदार्थ दूव्यसनी, मानव बेचविखनका बारेमा इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक -डिएसपी) चौधरीले साथीको लहैलहै र देखासिकी, तनाब र घर व्यवहारका कारण किशोरकिशोरी दूव्र्यसनीमा फस्ने गरेको वताउनु भयो । आधार उमेरमा सही बाटोमा हिड्न सके हरेकको भविष्य सुन्दर हुने भन्दै आफुले सेवन नगर्ने र साथीलाई पनि सेवन गर्नबाट रोक्नु पर्ने धारणा राख्नु भयो । 

कार्यक्रमको अन्त्यमा विद्यार्थीमध्यबाट छात्रा जया थारु र छात्र सुजल थारुले कार्यक्रमले आफूहरुमा जिम्मेवारी बोध भएको र समाजमा रहेको विकृति तथा विसङ्गति हटाउन आफूपनि सक्रिय हुने र साथीलाई पनि सक्रिय बनाउने प्रतिक्रिया दिए । राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सभाध्यक्षतामा गरिएको कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक -डिएसपी) होम प्रकाश चौधरी, महिला विकास शाखाका प्रमुख अनिता चौधरी, आरकेजेएसका फिल्ड अफिसर। बी ग्रुपका फिल्ड सुपरभाइजरहरुको सहभागिता थियो ।  

 

सम्बन्धित समाचार

Facebook Comments