राजापुरमा अवैंध नदीजन्य पदार्थ उत्खनन् गर्ने उपर कारवाही
केशव कोईराला, २७ जेठ, राजापुर (बर्दिया) । बर्दियाको राजापुरस्थित इलाका प्रहरी कार्यालय राजापुरमा हालै सरुवा भई आउनुभएका प्रहरी नायब उपरीक्षक -डीएसपी) होम प्रकाश चौधरीले सञ्चारकर्मीहरूसँग परिचयात्मक तथा अन्तरक्रिया गर्नुभएको छ । राजापुरमा जिम्मेवारी सम्हालेको २२ दिनको अवधिमा कार्यालयले गरेका विभिन्न गतिविधिबारे कार्यक्रममा जानकारी गराईएको छ ।
डीएसपी चौधरीका अनुसार अवैध नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी नियन्त्रण अभियान अन्तर्गत १ लाख २० हजार रुपैयाँ बराबरको अवैध उत्खननमा कारबाही गरिएको छ । साथै भन्सार चोरीछलीका गतिविधिविरुद्ध सञ्चालन गरिएको अभियानमा ७३ हजार ७ सय रुपैयाँ बराबरको जरिवाना संकलन गरिएको जानकारी दिनुभयो । त्यसैगरी चोरी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइएको तथा एक जना लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकता दिँदै हालसम्म ८ वटा समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै डीएसपी चौधरीले अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्न तथा समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले स्थानीय शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा समुदाय–प्रहरी सहकार्यका विषयमा जिज्ञासा राखेका थिए । डीएसपी चौधरीले पत्रकारहरूसँग समन्वय र सहकार्य गर्दै सत्यतथ्य सूचना प्रवाहमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
२१ °C काठमाडौं
Facebook Comments