बर्दियाका विविध क्षेत्रमा योगदान पुर्याउने ब्यक्तित्व सम्मानित
चुरेकुञ्ज, ३० जेठ, बर्दिया । बर्दियाको समग्र विकासमा योगदान पुर्याउन ब्यक्तित्वहरुलाई सम्मान गरिएको छ । सृजनशिल समाज नेपालले जिल्लाको विविध क्षेत्रमा योगदान पुर्याए वापत उहाँहरुलाई सम्मान गरेको हो ।
जिल्लाका विविध क्षेत्रमा योगदान गर्ने तर सम्मानको लागि कसैको नगरमा नपरेका ब्यक्तित्वहरुलाई सम्मान गरिएको श्रृजनशिल समाज नेपालका अध्यक्ष लक्ष्मण घिमिरेले बताउनु भएको छ । उहाँहरुको योगदानको उच्च कदरगर्दै हामीले दोसल्ला ओडाएर सम्मान पत्र हस्तान्तरण गरेका हौं । मध्यपश्चिम विश्व विद्यालयका पूर्व रजिष्टार डाक्टर महेन्द्र कुमार मल्लको प्रमुख आतिथ्यता तथा गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमको विशेष आतिथ्यतामा ५८ जनालाई दोसल्ला ओढाई सम्मान गरिएको हो । कार्यक्रममा केही ब्यक्तित्वहरु उपस्थित हुन असमर्थ हुनु भएको उहाँको भनाई छ ।
सम्मानित हुनेहरुमा दिनानाथ बख्रेल, देवीदत्त देवकोटा, महेशचन्द गौतम, विरेन्द्र राज लम्साल, सावित्रा गौतम, राजेन्द्र प्रसाद धिताल, यादव आचार्य, राजेश चन्द श्रीवास्तव, कमल पन्थी, खडानन्द तिवारी, लक्ष्मी नेपाल, ताराबहादुर सुनार, सुधान्सु प्रकाश शर्मा, अञ्जनी कुमार मित्र, हरिप्रसाद जोशी, सन्तकुमार वर्मा, प्रिज्मा सिंह, गायत्री रिमाल, विपिन कुमार पोखरेल, प्रताप लम्साल, दिपक अधिकारी, प्रेम प्रसाद अधिकारी रहनु भएको छ ।
त्यस्तै निर्मल घिमिरे, स्वामी नारायण प्रपन्नाचार्य, देवेन्द्र पाण्डे, ज्योति पन्थी, आशा परियार, पिताम्वर पोख्रेल, चन्द बहादुर खत्री, सपना शर्मा, विष्णु थापा सरगम, प्रमोद कुमार यादव, गंगा पोखरेल, विमल के.सी., सुनिल कुमार यादव, महेन्द्र पौडेल । हिमा सुनार, कालुराम विश्वकर्मा, रहिश अहमद मनिहार, सपना चौधरी, कृष्ण भण्डारी, विष्णु अधिकारी, दुर्गा आचार्य, दिपकलाल श्रेष्ठ, रेखा भुषाल, दिपक कुमार शर्मा, सञ्जय आचार्य, मुरली गोडिया सम्मानित हुनु भएको छ ।
समाजले निर्मला धमला, आलोक पोरवाल, सुरेन्द्र बहादुर श्रेष्ठलाई सम्मान गरिएको अध्यक्ष घिमिरेले बताउनु भयो । गैरसरकारी संस्था महासंघ बर्दिया र प्रजातान्त्रिक विचार समाज बर्दियाको समन्वयमा सृजनशिल समाज नेपाल गुलरिया बर्दियाले सम्मान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा वक्ताहरु विरेन्द्र राज लम्साल, राजेन्द्र प्रसाद धिताल, हिमा सुनार, कमल पन्थी, प्रिज्मा सिंह, हरिप्रसाद जोशी, खडानन्द तिवारी, सुधांसु प्रकाश शर्मा, सावित्रा गौतमले सम्मान कार्यक्रम आयोजना गरेकोमा सरह्ना गर्नु भएको छ । प्रमुख अतिथी मल्लले ब्यक्तित्वहरुलाई सम्मान गर्न पाउँदा खुशी ब्यक्त गर्नुभएको छ ।
२० °C काठमाडौं
Facebook Comments