• ३१ जेठ २०८३, आइतवार
  • २० °C काठमाडौं
गुलरिया नगरपालिकाको बालविवाहमुक्त वडा घोषणा सुनिश्चितता तथा स्थानीय रणनीति अद्यावधिक 

मुरली गोडिया, ३० जेठ, गुलरिया -बर्दिया) । गुलरिया नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा बालविवाह अन्त्यका लागि स्थानीय रणनीति अद्यावधिक तथा तर्जुमा गरिएको छ । गुलरिया नगरपालिकाको सभाहलमा आयोजित एकदिने कार्यशाला गोष्ठी मार्फत योजना बनाईएको हो । 

योजना निर्माणमा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता थियो । कार्यक्रममा बालविवाहमुक्त वडा घोषणा सुनिश्चितता र यसको दिगोपनाका विषयमा व्यापक छलफल गरिएको छ । सहभागीहरूले बालविवाह न्यूनीकरण तथा अन्त्यका लागि स्थानीय तह, समुदाय, विद्यालय, अभिभावक तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । 

बालविवाहमुक्त वडा घोषणा पश्चात् त्यसको निरन्तरता र दिगोपना कायम राख्न आवश्यक नीति, योजना तथा कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । कार्यशालामा बालविवाह अन्त्यका लागि नगरस्तरीय स्थानीय रणनीति अद्यावधिक गर्ने, विद्यमान चुनौतीहरूको पहिचान गर्ने तथा आगामी कार्ययोजना तयार गर्ने विषयमा छलफल समेत गरियो । गुलरिया नगरपालिकाले बालअधिकार संरक्षण, लैङ्गिक समानता प्रवद्र्धन तथा बालविवाहजस्ता सामाजिक विकृति अन्त्यका लागि विभिन्न सचेतनात्मक तथा सशक्तीकरण कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

कार्यक्रमको सहजीकरण सम्बन्धित विषयविज्ञ तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले गरेका थिए । सहभागीहरूले बालविवाह अन्त्यका लागि सबै पक्षको साझा प्रतिबद्धता, सक्रिय सहभागिता र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको निष्कर्ष निकालेका छन् । महिला वालबालिका तथा जेष्ठ नागरिक शाखा गुलारियाको आयोजनामा भएको कार्यक्रममा स्थानीय रणनीतिका बिषयमा वरिष्ठ शाखा अधिकृत मुकुन्द आर्यालले प्रस्तुत गर्नु भएको शाखाकी महिला निरीक्षक गिता बाकावलले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments