• २ असार २०८३, मङ्गलवार
  • २२ °C काठमाडौं
बर्दियामा पाटे बाघ मृत फेला

केशव कोइराला, १ असार, बर्दिया । बर्दियाको गेरूवा गाउँपालिका वडा नम्बर १ माधवपुर स्थित बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा एउटा पाटेबाघ मृत अवस्थामा फेला परेको छ । दुर्लभ तथा संरक्षित वन्यजन्तु पाटेबाघ मृत अवस्थामा फेला परेपछि निकुञ्ज प्रशासनले घटनाबारे अनुसन्धान थालेको छ ।

स्थानीयवासी तथा निकुञ्जका कर्मचारीहरूले निकुञ्जको जंगल क्षेत्रमा बाघ मृत अवस्थामा देखेपछि तत्काल निकुञ्ज प्रशासनलाई जानकारी गराएका थिए । सूचना प्राप्त हुनासाथ निकुञ्ज प्रशासन, नेपाली सेना तथा वन्यजन्तु संरक्षणसँग सम्बन्धित प्राविधिक टोली घटनास्थलमा पुगेको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाक्टर अशोक कुमार रामका अनुसार प्रारम्भिक रूपमा भाले बाघहरूबीच क्षेत्रीय प्रभुत्व कायम गर्ने क्रममा भएको संघर्षका कारण बाघको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । पोस्टमार्टम तथा प्राविधिक परीक्षणको प्रतिवेदन पछि मात्रै मृत्युको वास्तविक कारण पुष्टि हुने उहाँको भनाई छ । 

सम्बन्धित समाचार

Facebook Comments