वन अतिक्रमण हटाउने सूचनाविरुद्ध राजापुर संघर्षनगरका सुकुम्बासी आन्दोलित
केशब कोइराला, ७ असार, राजापुर (बर्दिया) । डिभिजन वन कार्यालय बर्दियाले राजापुर नगरपालिका–४ संघर्षनगर क्षेत्रमा रहेको वन अतिक्रमण हटाउन जारी गरेको सूचनाप्रति स्थानीय सुकुम्बासीहरू आन्दोलित भएका छन् । वन कार्यालयले मिति गत जेठ २६ गते जारीे सूचनामा अतिक्रमित वन क्षेत्रमा खेतीपाती नगर्न तथा बनाइएका घरटहरा हटाउन आग्रह गरेपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् ।
स्थानीयवासीहरूले शुक्रवार राजापुरस्थित इलाका प्रशासन कार्यालय घेराउगर्दै चर्को नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरूले आफूहरू वर्षौंदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएको, वैकल्पिक व्यवस्थाबिना हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरूले आफूहरूको बसोबासको अधिकार सुनिश्चित गर्न तथा समस्या समाधानका लागि सरकारसँग माग गरेका छन् ।
आन्दोलनकारीहरूले वन कार्यालयको सूचना फिर्ता लिन, सुकुम्बासीहरूको यथार्थ अवस्था अध्ययन गर्न तथा उचित पुनर्वास वा जग्गा व्यवस्थापनको ग्यारेन्टी गर्नुपर्ने माग राखेका छन् । उनीहरूले माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन् । २०६४ सालमा तत्कालीन सुकुम्बासी आयोगले उक्त क्षेत्रमा नापजाँच गरि बसोबासको ब्यबस्था मिलाएको थियो । केहि सुकुम्बासी हरुले धनिपुर्जा समेत पाई सकेका छन् ।
२२ °C काठमाडौं
Facebook Comments