ब्राम्हण समाज नेपाल बर्दियाको अध्यक्षमा लिलाधर शर्मा सर्वसम्मत
चुरेकुञ्ज, ६ असार, बर्दिया । ब्राम्हण समाज नेपाल जिल्ला समिति बर्दिया सर्वसम्मत रुपमा चयन गरिएको छ । शनिवार गुलरियामा आयोजित तेस्रो अधिवेशनले लिलाधर शर्माको अध्यक्षतामा सम्पूर्ण जिल्ला कार्य समिति सर्व सम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा कमला घिमिरे, सचिव शम्भु प्रसाद पौडेल, सहसचिव देवेन्द्र गौतम चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा लक्ष्मीप्रसाद पेन्तोला बारबर्दिया, मधुवनबाट केदार सिग्देल र गोविन्द काफ्ले, ठाकुरबाबाबाट तेजबन्धु लम्साल र डिल्लीराम सिग्देल, राजापुरबाट शालिकराम सिग्देल र शिवलाल चालिसे, बढैयातालबाट केशवराज पोख्रेल, गुलरियाबाट रिता बख्रेल र गोमा लम्साल चयन हुनु भएको अध्यक्ष शर्माले बताउनु भयो ।
भोजराज गौतमको अध्यक्षता आयोजित कार्यक्रम ब्राम्हण समाज नेपालका केन्द्रिय उपाध्यक्ष ध्रुवराज दाहालको प्रमुख आतिथ्यतामा उद्घाटन शत्र गरिएको थियो । कार्यक्रममा निलकण्ठ रेग्मी, डिल्ली प्रसाद उपाध्याय, गुलरिया नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का वडा अध्यक्ष सुधांशु प्रकाश शर्मा, समाजका बाँके जिल्ला अध्यक्ष माधव रिजाल लम्साल, लुम्विनी प्रदेस अध्यक्ष, प्रमुख अतिथी लगायतले कार्यक्रममा शुभकामना मन्तब्य दिनुभयो । कार्यक्रम हरिहर आचार्यले संचालन गर्नु भएको थियो ।
२२ °C काठमाडौं
Facebook Comments