बबई सिँचाईको नहरमा डुबेर बेपत्ता भएका किशोर मृत भेटिए
केशव कोईराला, २४ असार, बर्दिया । बर्दियाको बबई सिँचाइ आयोजनाको नहरमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । बारबर्दिया नगरपालिका वडा नम्बर १० बैदिका १९ बर्षिय आकाश थारु नहरमा बेपत्ता भएका थिए ।
प्रहरीका अनुसार मंगलबार कपाल काट्न भन्दै घरबाट निस्किएका थारु नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् । घटनापछि स्थानीयवासी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले निरन्तर खोजी अभियान सञ्चालन गरेको थियो । खोजीका क्रममा थारुको शव नहरमा फेला परेको इलाका प्रहरी कार्यालय मोतीपुरले जनाएको छ ।
आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टम सम्पन्न भएपछि शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । वर्षायाममा नदी, खोल्सा तथा सिँचाइ नहरमा पानीको बहाव बढ्ने भएकाले यस्ता स्थानमा नुहाउँदा वा पानीमा प्रवेश गर्दा विशेष सावधानी अपनाउन सुरक्षा निकायले सर्वसाधारणलाई आग्रह गरेको छ ।
२१ °C काठमाडौं
Facebook Comments