• २४ असार २०८३, बुधवार
  • २१ °C काठमाडौं
बर्दियाको गेरूवा नदीमा नुहाउने क्रममा युवक बेपत्ता 

केशव कोइराला, २४ असार, राजापुर (बर्दिया) । बर्दियाको गेरूवा गाउँपालिका वडा नम्बर ४, दक्षिणपुर निवासी २३ वर्षीय प्रदीप थारू गेरूवा (कर्णाली) नदीमा नुहाउने क्रममा बेपत्ता हुनु भएको छ । 

बुधबार बिहान करिब साढे ११ बजेतिर गेरूवा नदीमा नुहाउने क्रममा नदीको तीव्र बहावमा परेर बेपत्ता भएको गेरूवा गाउँपालिका–४ का वडा अध्यक्ष महेन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो । 

बेपत्ता भएका प्रदीपको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, निकुञ्जका कर्मचारी तथा स्थानीयवासी संयुक्त रूपमा परिचालन भएका छन् । नदी आसपासका विभिन्न स्थानमा खोजी कार्य तीव्र रूपमा सञ्चालन भइरहेको बताईएको छ ।

सम्बन्धित समाचार

Facebook Comments