बर्दियाको भौरा क्षेत्रमा रोपाईं सकिएपछि गरिने पूजा हरेरी शुरु
पुरुषोत्तम खनाल, २५ असार, बर्दिया । बर्दियाको भौरा क्षेत्रमा रोपाईं सकिएपछि गरिने पूजा हरेरी सुरु भएको छ । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका थारु समूदायले खेतीपातीको काम सकेपछि सबैको समन्वय र सहकार्यमा हरेरी पूजा गरिन्छ ।
राजापुर नगरपालिका ३ तीघ्राबाट हरेरी पूजा सुरु गरेको थारु गुरुवा जगतराम दहितले बताउनु भयो । परापूर्व समयदेखि नै थारु समूदायको मुख्य काम नै खेतीपाती भएको र खेती सकिएपछि रोग किरा नलागोस्, एत्पादन राम्रो होस भन्ने कामनाका साथ हरेरी पूजा गर्ने गरिएको थारु गुरुवा दहितको भनाई छ । हरेरी पूजामा गुरुवाले पूजा गर्ने र केसौका सहायक गुरुवा नकारात्मक विचार भगाउन, सुसाउने र अन्य गाउँले किसानहरु भने मादल बजाउँदै आगोको परिक्रमा गर्ने गर्दछन् ।
हरेरी पूजा खेतीपातीको काम सुरु हुनुभन्दा पहिला धुरिया पूजामा बन्द गरिएको मादल बजाउन सुरु गर्ने पूजा पनि भएको गाउँबरघर लौटन थारुले बताउनु भयो । हरेरीका बेलामा गाउँभरका खेती गर्ने किसानको जमघट हुने, देउथानमा मिठाई प्रसाद र बलि लिने देवी देवताको पूजा र उनिहरुसँग गाउँघर, खेतीपाती राम्रो होस भन्ने कामना र आर्शिवाद लिने परम्परा रहेको बरघर थारुले वताउनु भयो ।
२२ °C काठमाडौं
Facebook Comments