• १३ असार २०८३, शनिवार
  • २५ °C काठमाडौं
शुसेली सहकारीले गोठदेखि ओंठसम्म दुध पुर्याउने 

केशव कोईराला, राजापुर (बर्दिया) । शुसेली बहुमुखी सहकारी सँस्था लिमीटेड राजापुर ३ बर्दियाले १६ औं साधारण सभा सम्पन्न गरेको छ । शनिवार सँस्थाले भेरी माध्यमिक बिद्यालय धोबिनीपुरमा गत आर्थिक बर्षको आय व्याय पारितगर्दै साधारण सभा सम्पन्न गरेको हो । 


सँस्थाका अध्यक्ष टिकाराम रेग्मीले किसानको गोठदेखी उपभोक्ताको ओठसम्म दुध र दुग्ध जन्यपदार्थ पु¥याउन शुसेली प्रतिवद्ध रहेको बताउनु भयो । सरकारले सुरुवाती चरणमा दुधको फ्याट लगायत मापन गरेर पशुपालक किसानलाइ दुधको मुल्य निर्धारण सोही अनुरुप सम्वोधन गरी धोका दिएपनी आन्तरिक व्यवस्थापनवाट किसानलाई भुक्तानी दिइरहेको बताउनु भयो । दुग्ध बिकास सँस्थान कोहलपुरलाई दुधदिदै आएतापनी सँस्थानले साउन १५ गतेदेखी उपभोक्ताको भुक्तानी नदिएपछी प्राइभेट भट्टराई डेरी बाँसगढी बर्दियालाई दिन बाध्य भएको अध्यक्ष रेग्मीले सुनाउनुभयो । कार्यक्रममा संस्थाको प्रगती प्रतिवेदन प्रस्तुतगर्दै अध्यक्ष रेग्मीले सहकारीको ७ लाख ८५ हजार शेयर पुँजी  ९ लाख १ हजार ८ सय ६० बचत पूँजी रहेको जानकारी दिनुभयो । 


शुसेली बहुमुखी सहकारी राष्ट्रिय सकारी संघ कुपन्डोल ललितपुरमा आवद्द भएकोभन्दै किसानहरुको दुध उत्पादनका लागी सम्वन्धीत नियकायमा सहकार्य गर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी राजापुर नगरपालीका वडा नं ८ का अध्यक्ष राजेश थारुले शुसेलीको प्रगतिको प्रशंसागर्दै आफ्नो तर्फवाट शिपमुलका तालिममा सहयोग गर्ने प्रतिवद्धतागर्दै बिना धितो ऋण नदिन सहकारीलाइ सुझाउनुभयो । कार्यक्रममा वडा नं ९ का अध्यक्ष बिष्णु थारु, दिदी बहिनी सहकारी राजापुरका अध्यक्ष सिता अर्याल लगायतले शुभकामना मन्तव्य राख्दै सहकारीको प्रगतिको कामना गर्नुभयो ।

सम्बन्धित समाचार

Facebook Comments