• १४ असोज २०८०, आइतवार
  • २१ °C काठमाडौं
ठाकुरबाबा उद्योग बाणिज्य संघमा तालाबन्दी


बर्दिया । ठाकुरबाबा उद्योग बाणिज्य संघ बर्दियामा तालाबन्दी गरिएको छ । स्थानिय ब्यापारीहरुले विभिन्न मागराख्दै तालाबन्दी गरेका छन् ।


ब्यापारीहरुले संघमा आवद्ध सबै ब्यापारीहरुको सदस्यता नविकरणको समय थपगर्नुपर्ने, संघ ब्यपारीको भएकाले राजनितिक दलभन्दा ब्यापारीलाई केन्द्रमा राखी विधिवत चुनावी प्रकृयाबाट समिति चयन गर्नुपर्ने, विधान संशोधन गरी चुनावी प्रकृयामा जानुपर्ने, सदस्यता नविकरण गरेका सबैले मतदानमा सहभागी हुन पाउनुपर्ने लगायतका मागराख्दै उनीहरुले तालाबन्दी गरेका छन् ।


ठाकुरबाबा उद्योग बाणिज्य संघले असोज ६ गते साधारणसभा तथा अधिवेशनको मिति तय गरीसकेको संघका अध्यक्ष गोविन्द आचार्यले बताउनु भयो । विधानतः सबै सदस्यहरुलाई सभाको मिति सूचना भैसकेको छ । हामीले संघको विधान अनुसार सबै प्रकृया पुर्याएर मिति तय गरेका हौं । नविकरणको लागि पनि समयमै पटकपटक सूचना गरेकै हौ । सिंगो कार्य समितिको निर्णय अनुसार गरिएको साधारण सभा सफल बनाउन उहाँले सबै ब्यापारीहरुलाई आग्रह गर्नुभएको छ । 

सम्बन्धित समाचार

Facebook Comments