• १४ असोज २०८०, आइतवार
  • २१ °C काठमाडौं
राजापुर नगरपालिकामा तालाबन्दी गर्ने दलको घोषणा


बर्दिया । नगरपालिकाले लगाएको विभिन्न करको बिरोधभन्दै शुक्रबार राजापुरमा तालाबन्दी गर्ने राजनितिक दलहरुले घोषणा गरेका छन् । बिहिबार एक प्रेस विज्ञप्ती जारीगर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । 


नेपाली काँग्रेस राजापुर नगरसभापति महेश कुमार चौधरी, नेकपा एमाले नगर अध्यक्ष शर्मा चौधरी, राप्रपा नगर सभापति केशर बहादुर थापा, नागरिक उन्मुक्ती पार्टी नगर अध्यक्ष लखन चौधरी, नेकपा एस नगर ईन्चार्ज छविराज भट्ट, राष्ट्रिय जनमोर्चा नेपाल जिल्ला सदस्य रतन सिंह रावत, क्रान्तिकारी नेकपा नगर प्रतिनिधि खडक बहादुर मल्लद्वारा संयुक्त हस्ताक्षरित बिज्ञप्तीमार्फ राजापुर नगरपालिकामा तालाबन्दी गरी नगरक्षेत्रभित्रका बजार बन्द गर्ने बताईएको छ । 

 


विभिन्न चरणका शान्तिपूर्ण बिरोधका कार्यक्रम गरेपनि नगरपालिकाले सुनुवाई नगरेपछि थप आन्दोलन घोषणा गरिएको जनाईएको छ । राजापुर नगरपालिकाको आव ८०।८१ को सम्पत्ती तथा भूमिकरको बिषयमा छलफल गर्न बिहिबार नगरपालिकाले आन्दोलनरत सबै दलहरुलाई दिउसो २ बजे राजापुर नगर कार्यपालिकाको बैठक कक्षमा उपस्थितीको लागि आमन्त्रण गरेको छ ।

सम्बन्धित समाचार

Facebook Comments