• ११ जेठ २०८३, सोमवार
  • २६ °C काठमाडौं
बाघको आक्रमणबाट मधुवनमा एक महिलाको  मृत्यु

केशब कोइराला, बर्दिया । बाघको आक्रमणबाट बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ की एक महिलाको मृत्यु भएको छ । घर नजिकैको सम्झना सामुदायिक वनमा घाँस काट्न गएका बेला कली बंशी मगरलाई बाघले आक्रमण गरेको थियो । 

दिउँसो करिब एक बजे घाँस काट्न जानु भएकी उहाँ अबेरसम्म नफर्किएपछि आफन्तहरुले खोजी कार्य शुरु गरेका थिए । खोज्ने क्रममा उहाँले लगाएको कपडा च्यातिएको अवस्थामा भेटिएपछि नजिकैको शशस्त्र प्रहरीको टोलीलाई खबर गरेर थप खोजी गरिएको आफन्तको भनाई छ । मृतकको शव घटना स्थलबाट केही पर बाघले दायाँ हात खाएको अवस्था फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सुचना अधिकारी द्रोणराज शर्माले बताउनु भयो । 

शब करिब साँझ फेला परेको थियो । मृतक कलीको शव पोष्टमार्टमका लागि बर्दिया अस्पतालमा लगिएको छ । विगत देखि खाता क्षेत्रमा बाघको आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो छ । गत चैत्र ६ गते दाउरा काट्न गएको समयमा खाता जैविकमार्गमा दुई जना महिलाको बाघको आक्रमणबाट मृत्यु भएको थियो । 

सम्बन्धित समाचार

Facebook Comments