बाँकेमा बस र्दुघटना हुँदा बर्दियाका ७ जनाको मृत्यु
यादव आचार्य, गुलरिया (बर्दिया) । बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ शम्शेरगंज स्थित सडकखण्डमा बिग्रेर सडक किनारमा रोकी राखेको ट्रकमा बस ठोक्किदा बर्दियाका ७ जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ को बेतहनी सामुदायिक बन उपभोक्ता समितिको दांग धारापानी भ्रमणमा गई फर्कने क्रममा शुक्रबार राती ना ७ ख २३२१ नम्बरको बस ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किई र्दुघटना भएको थियो ।
प्रहरीका अनुसार बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ निवासी ५० बर्षिय काँशीराम थारु, ५५ बर्षिया कस्तुरी थापा, ५० बर्षिया रुपा परियार, ४० बर्षिया जयन्ती थारु, ६५ बर्षिय साधुराम थारु, वडा नम्बर ८ बस्ने ४५ बर्षिय जुग बहादुर चन्द र नामथर वतन नखुलेको गाडी स्टाफ ३५ बर्षिय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । ४१ जना सवार गाडीमा २ जना गम्भीर, १२ जना मध्यम, १५ जना सामान्य घाईते रहेको र ५ जना सकुशल रहेको जनाईएको छ ।
२६ °C काठमाडौं
Facebook Comments